बेँसीसहर (लमजुङ), २४ असार । जिल्ला पशुसेवा कार्यालयले चालु आर्थिक वर्षमा विभिन्न स्थानका भूकम्पपीडित कृषकलाई ११६ बोका वितरण गरेको छ ।

पशु विकास अधिकृत खिला शर्मा घिमिरेका अनुसार प्रजनन् लागि बोका वितरण गरिएको हो । बाख्रापालन व्यवसाय फस्टाउा मद्दत पुगोस भनेर बोका वितरण गरिएको हो ।

कार्यालयले बेँसीसहरका दुईजना व्यवसायीलाई डि फ्रिज समेत वितरण गरेको छ । बेँसीसहरको त्रिवेणी टोमा सफल दुग्ध पसल र सेरास्थित रेग्मी दुग्ध पलसलाई उक्त डि फ्रिज वितरण गरिएको हो । रासस