२४ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ धुम्थाङमा आगलागीमा परि दुई महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५१ बर्षीया बाक्टु तामाङ र ४६ वर्षीया पासाङ तामाङ रहेका इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक पञ्चमान बाखुले जानकारी दिए । घाइते एक जनाको अवस्था गम्भीर रहेको छ  ।

आगलागीमा सुकु तामाङ, नुर्पु तामाङ, कार्पो तामाङ, दावा तामाङ र ङाइबा तामाङ घाइते भएका छन् । घाइतेमध्येका चार जनाको बाह्रबिसे अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते सुकु तामाङलाई उपचारका लागि धुलिखेल लगिएको प्रहरीले जनाएको छ ।

गाउँ नजिकैको बिग्रिएको ट्रान्सफर्मरबाट विद्युत सर्ट भएर राती तीन बजे सबै निदाएको बेला एक्कासी गाउँमा आगलागी भएको थियो । प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ ।

आगोलागिमा परि २ वटा रागो मरेको छ । भने घरहरुमा भएका समाग्रीहरु जलेर नष्ट भएका छन् । आगलागिबाट के के कति क्षति भएको एकिन विवरण आउन बाँकी रहेका प्रहरीले जनाएको छ ।