काठमाडौं, ६ बैशाख । भारतमा भएको लोकसभा चुनाव एउटा पार्टीलाई मत दिन खोज्दा अर्को पार्टीमा परेपछि एक मतदाताले आफ्नो हातको औंला काटेका छन् ।

बिहीबार उत्तर प्रदेशको बुलान्दसरका मतदाता पवन कुमारले आफूले स्थानीय बहुजन समाज पार्टीलाई मतदान गर्न चाहेको तर विद्युतीय मेशिनमा आफू झुक्किएपछि भारतीय जनता पार्टीलाई मतदान गर्न पुगेको भन्दै औँला काटेर फ्याँकेका हुन् ।

उनले मतदानमा सहभागी भएको संकेत स्वरुप मसी लगाइएको औंला काटेर फालेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । विद्युतीय मतदान मेशिनमा राजनीतिक दलको चुनावी चिह्नसँगै नाम पनि भएको भए आफू अलमलमा नपर्ने उनले बताएका छन् ।

भारतीय जनता पार्टीको चुनाव चिह्न कमलको फूल रहेको छ भने बहुजन समाज पार्टीको चुनाव चिह्न हात्ती रहेको छ । भारतमा बिहीबार दोस्रो चरणको लोकसभा चुनाव अन्तर्गत ९५ सिटका लागि मतदान भएको थियो ।