गोकुल बानियाँ
पोखरा, १९ साउन । उपराष्ट्रपति परमानन्द झाले आगामी मंसिममा संविधान सभा निर्वाचन हुनुपर्ने बताएका छन् । मंसिर चार गते संविधान सभाको निर्वाचन हुनै पर्नेमा उपराष्ट्रपतिले जोडदिए । आज पोखरामा आयोजित एक कार्यक्रम पछि संचारकर्मीहरुसंग सक्षिप्त कुराकानी गदै उपराष्ट्रपति झाले चुनाव हुनु पर्नेमा जोड दिएका हुन् ।

सवै दललाई समेटेर निर्वाचनमा जानुपर्नेमा जोड दिदै उनले असन्तुष्ट दलहरु वार्तामा आउने कुरा सकरात्मक भएको बताए । उनले निर्वाचनको विरोधमा रहेका दलहरु छलफल र वार्तामा आउनु निर्वाचनको लागी सकरात्मक भएको बताए । असन्तुष्ट दलहरु निर्वाचनमा सहभागि नभएपनि निर्वाचन गर्नु पर्ने बताए । उपराष्ट्रपति झाले सवैलाई सहभागि गराउनुपर्छ तर सवै निर्वाचनमा आउछन् भन्ने भएको बताउदै कुनै पनि देशमा सयमा सय प्रतिशत मतदान नहुने बताए ।

नेपालमा संविधान सभाको निर्वाचनमा ६५ प्रंतिशत भन्दा बढि मत नखसेको बताउदै सवै दल निर्वाचनमा आउनु पर्ने बताए । निर्वाचनमा सहभागि नहुन पाइन्छ उहको भनाई थियो । उनले निर्वाचन गराउन राजनीतिक दल र निर्वाचन आयोगले भुमिका खेल्नुपर्ने बताए । भुमिका हामीले हैन्, राजनीतिक दल र निर्वाचन आयोगले खेल्नुपर्छ उपराष्ट्रपति झाको भनाई थियो । उपराष्ट्रपति झाले राजनीतिक दलहरुले चाहदैमा मात्रै निर्वाचन नहुने बताउदै जनता सक्रिए भएकाले जनताले चाहे निर्वाचन हुने बताए ।

यसैबिच जर्ज जोर्न शिक्षा प्रतिष्ठानले आज आयोजना गरेको क्लक टावर उद्घाटन, शिक्षासेबि सम्मान तथा छात्रबृति बितरण एबं १७ औं साधारणसभामा बोल्दै उपराष्ट्रपति झा ले पोखराको पृथ्बीनारायण क्याम्पसलाई बिश्वबिद्यालय बनाउन पहल गर्ने बताएका छन् । बिश्वबिद्यालय बनाउने अभियानमा आफु पनि लाग्ने र पहलकदमी लिने उनले प्रतिबद्धता जनाए ।

यस क्षेत्रको शैक्षिक बिकासमा पृथ्बीनारायण क्याम्पसको भूमिका महत्वपूर्ण रहेको बताए । क्याम्पस परिसरमा निर्माण गरिएको घण्टाघरले कक्षामा शिक्षकको उपस्थिती, नियमितताको दर र समयको महत्व बोध गराउने उनको बिश्वास छ । क्यापसको स्वर्ण जयन्तीको अबसरमा निर्माण गरिएकोे स्वर्णजयन्ती स्तम्भको मर्मत सम्भार नभएको प्रति दुख ब्यक्त गर्दै उनले क्लक टावरको नियमित संरक्षण गर्न आग्रह गरे ।

प्रतिष्ठानले शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने शिक्षा सेवाी एबं बिभिन्न तह र संकायमा उत्कृष्ठता हासिक गरेका बिद्यार्थीहरुलाई छात्रबृति पनि बितरण गरेको छ । प्रतिष्ठानले नागेन्द्र लाल श्रवास्तब, चित्राङ्ग सिग्देल, ज्वति भट्टचन, सुर्य बहादुर केसी र प्रेमराज पहारीलाई शिक्षा सेवी सम्मान प्रदान गरेको छ ।
त्यस्तै सामुदायिक बिद्यालयको तर्फबाट एसएलसिमा सर्बोकृष्ट अंक ल्याउने अमरसिंह माबिकी जानहबी गुरुङ, संस्थागत बिद्यालयको तर्फबाट मदरल्याण्ड उच्च माबिका सुजन तिमल्सिना, सामुदायिक उच्च माबि तर्फ अमरसिंह उच्च माबिकी उर्मिला पौडेल, संस्थागत तर्फ करुणानिधि एजुकेसन फाउण्डेसनका मनोज ठकुरीलाई उत्कृष्ट अंक ल्याए वापत जनही ३ हजार छात्रबृति प्रादान गरिएको छ । यसैगरी पृथ्बीनारायण क्याम्पसका महेश सुवेदी, पोखरा बिश्वबिद्यालयका राम प्रसाद तिमल्सिना, प्राबिधिक तर्फ बन बिज्ञान अध्ययन संस्थाका शम्भु पौडेल, चिकित्साशास्त्र अध्ययन संस्थानकी पर्मिला बराल र पोखरा कलेज फ टेक्नोलिजोकी भाबना पराजुलीलाई छात्रबृति प्रदान गरिएको छ ।

उपराष्ट्रपति परमानन्द झाले सवाजसेबी सम्मान एबं उत्कृष्ठ बिद्यार्थीलाई छात्रबृति बितरण गरेका हुन् । पृथ्बीनारायण क्याम्पसका संस्थापक जर्ज जोनको नाममा संचालित जर्ज जोन शिक्षा प्रतिष्ठानले यसअघि पनि बिभिन्न तह र संकायमा उत्कृष्ठता हात पार्ने बिद्यालईलाई छात्रबृति बितरण गरेको थियो ।
कार्यक्रममा बोल्दै शिक्षा बिद् जर्ज जोनले आफुले स्थापना गरेको क्याम्पस बिश्वबिद्यालय भएको हेर्न चाहेको बताए । नेपाल सरकारका सचिब हरेराम कोईरालाले गुणस्तरिय शैक्षिक जनशक्ति उत्पादनमा शिक्षक प्राध्यापक सबै जिम्मेवार हुनुपर्ने बताएका छन् । सिटिईभिटीका सदस्य सचिब रामहरी लामिछानेले बिद्यार्थीहरुमा अनुसासन र शिक्षकमा नैतिकता हराउदै गएकाले नेपालको शैक्षिक गुणस्तर खस्किएको बताए । पोखरा बिश्वबिद्यालयका रजिष्टार मानबहादुर केसी , पृथ्बीनारायण क्याम्पसका प्रमुख देबेन्द्र लामिछाने लगायतले पोखराको शिक्षा क्षेत्रमा जर्ज जोनले पु¥याएको योगदान अबिश्मरणिय रहेको बताएका थिए ।