jhalanath khanal२ साउन, काठमाडौ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी मंसीरमा संविधानसभाको निर्वाचन नभए नेपालमा निर्वाचन नै नहुने खतरा रहेको बताएका छन् । राष्टलाई ठूलो भूमरीबाट बचाउन पनि घोषित मितिमै निर्वाचन गर्नुपर्ने उनको भनाइ छ ।

पूर्व सभासद शान्ता चौधरीको संस्करणात्मक कृति ‘कमलरीदेखि सभासदसम्म’ नामक पुस्तक लोकार्पण समारोहमा अध्यक्ष खनालले मंसीर चारमै निर्वाचन गर्नुपर्ने बताएका हुन् । ‘मंसीरमा चुनाव नभए नेपालमा फेरि चुनाव हुन्छ की हुदैन भन्न सकिन्न, उहाँले भन्नुभयो–राष्ट नै संकटमा परेको समयमा दलीय अडान थाती राखेर भएपनि निर्वाचनमा जाऔ ।’

मुलुक राजनीतिक संकटमा रहेको समयमा चुनावले मात्र निकास दिने उल्लेख गर्दै अध्यक्ष खनालले मंसीर चारमा निर्वाचन गर्नुको कुनै विकल्प नभएको दावी गरे । कार्यक्रममा संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले आन्दोलनका उपलव्धी रक्षाका लागिपनि निर्वाचन गर्नुको विकल्प नभएको बताए ।

समारोहमा पूर्व सभासद शान्ता चौधरीको पुस्तकमाथी टिप्पणीगर्दै दलका नेताहरुले संविधानसभाले नयाँ संविधान बनाउन नसकेपनि बिभिन्न समुदायको आवाज मुखरित गरेको बताएका थिए । पुस्तकमा एकजना कमलरीले आफ्नो विगत र संविधानसभाको सदस्य हुदाका अनुभव समेटिएका छन ।