२६ मंसिर, डोल्पा । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जुम्लामा एक किशोर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोठीचौरी गाउँपालिका–४ घर भई मुड्केचुला गाउँपालिका–८ बस्ने १९ वर्षीय लोकेन्द्र शाही रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

डोल्पामा खिरौलाको व्यापारका लागि गएका शाहीले ती बालिकालाई सोही ठाउँस्थित घट्टमा मकै पिस्न गएको अवस्थामा जबरजस्ती करणी गरेका थिए ।

प्रहरी चौकी सर्मीबाट खटिएको प्रहरीले युवकलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।