२६ साउन, पर्वत । पर्वतमा दाउरा काट्न गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । फलेवास नगरपालिका ३ शंकरपोखरीको पुर्कोट घर भएकी २७ वर्षीया सुधा दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

हिजो दिउँसो स्थानीय बासे ओढार भन्ने स्थानमा दाउरा काट्न गएकी उनी रातीसम्म पनि घर नफर्किएपछि गाउँलेहरूले खोजी गरेका थिए । आज बिहान दर्जीलाई दाउरा काट्न गएकै स्थानमा मृत अवस्थामा फेला पारिएको शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले बताए ।
दलित बस्ती रहेको पुर्कोटका केहीले ग्याँस चुलो प्रयोग गर्ने गरेको भए पनि अधिकांशले भने दाउराकै प्रयोग गर्दै आएका छन् ।