२३ फागुन, काठमाडौं ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि जारी चुनावको समय लम्बिने देखिएको छ ।

सभापति सहित केन्द्रीय समिति चयनका लागि लागि जारी मतदानमा तोकिएको समय ४ बज्न केवल १ घण्टा बाँकि रहँदा आधा भन्दा केही बढी १८ सय मत मात्र खसेपछि समय लम्बिने निश्चित भएको हो ।

congress mahaadhivesan election day 124855613

समय अवधि विस्तारका लागि केन्द्रीय निर्वाचन समितिको आकश्मिक बैठक बस्दै छ । समितिका सदस्यहरुले साँझ ७ बजे सम्म मतदान चल्न सक्ने संकेत गरेका छन् ।

यद्यपी मतदानका लागि साँझ ५ बजे भित्र मतदानस्थल प्रवेश गरिसकेको हुनु पर्ने निर्वाचन समितिले जनाएको छ ।

चर्का नारा

मतदान आधा पुग्दा मुख्य प्रतिस्पर्धी मानिएका शेर बहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरहरुले आफ्नो पक्षमा नारावाजी चर्काएका छन् ।

दुवै पक्षले मतदानमा आफ्नो पक्षमा माहौल बनाउन चर्का चर्का नारावाजी गरिरहेको महाधिवेशन मतदान स्थलमा रहेका हेडलाइन्स प्रतिनिधि प्रयास पराजुलीलले जनाएका छन् ।

उता कांग्रेसको विधान अनुसार सभापतिमा चयन हुनको लागि एकाउन्न प्रतिशत मत ल्याउनु पर्ने हुन्छ । तर संस्थापन पक्षमा पौडेल र सिटौला भिडदा मत बाडिने भएकाले पहिलो निर्वाचनमा नै परिणाम नआउने देखिएको छ ।

बाबु र पतिको भिडन्तले धर्म संकटः गगन पत्नि अञ्जनाको भावुक स्ट्याटस

जसको कारणले गर्दा पुनः दोहोर्‍याएर मतदान गर्नुपर्ने हुन्छ । स्पष्ट मत आउने÷नआउने आशंकाले देश र प्रभावसबाट मतदानका लागि आएको तीन हजार १ सय ८६ जना महाधिवेशन प्रतिनिधि अन्यौलतमा परेका छन् ।

‘गोप्य सूची’ ले मतदानस्थलमै बबण्डर

मतदान पुनः गर्नु पर्ने सम्भावनाका कारण प्रतिनिधीहरु जिल्ला फर्किने कि नफर्किने भन्ने अन्यौल पैदा भएको छ ।