६ चैत, सर्लाही।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशमा नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा माओवादी पार्टीको नाम लिनु अपराध हुने बताएका छन् । ‘मधेशी जनतासंग तीन पार्टीले गरेको व्यवहारले मधेशमा काँग्रेस, एमाले र एमाओवादीको नाम लिनु अपराध हुने महतोले बताएका हुन ।rajendra mahato speaking

६ महिनासम्म चलेको मधेश आन्दोलनमा आफ्ना अधिकारकालागि मधेश जनता सडकमा आउँदा गोली हान्ने काम गरेको उनले आरोप समेत लगाए ।

गृह जिल्ला सर्लाहीमा पार्टी सुदृढिकरण तथा जनजागरणमा लागेका महतोले सदरमुकाम मलंगवामा पार्टीको भातृ संगठन युवा मंचका कार्यकर्ता संगको छलफलमा मधेश विरोधी पार्टीमा रहेका मधेशीहरु आज गुलाम बनेर लम्पसार भएर बसेको भन्दै आरोप लगाए ।

संविधान सभाको चुनावमा आफुपनि मधेशी हुँ भनेर जातपातलाई प्रलोभन देखाई मत लिएर गएको तर संविधान बनाउने समयमा आफ्नो प्रभु अगाडी लम्पसार परेको उनको आरोप थियो ।

आफ्नो अधिकारका लागि सडकमा उत्रेका मधेशी जनता माथि गोली हान्ने काम भएको समेत आरोप लगाए । महतोले आफ्नो युवा संगठनलाई पार्टी सुदृढिकरणमा लाग्न निर्देशन समेत दिए ।