१० मंसिर, तौलिहवा ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मधेशमा पृथकतावादी आन्दोलन शुरु हुन सक्ने चेतावनी दिएका छन् ।

मधेश आन्दोलनका माग तत्काल सम्बोधन नभए यस्तो खतरा रहेको उनको भनाइ छ ।

Anil Jha

कपिलबस्तु सदरमुकाम तौलिहवामा मधेशी पत्रकार समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष झा ले लगातार एक सय दिन बढी मधेशमा जारी शान्तिपूर्ण आन्दोलनलाई सरकारले तत्काल सम्वोधन नगरे मुलुकमा थप संकट सृजना भै मधेशमा अलगावादी आन्दोलन शुरु हुन सक्ने खतरा बढेको बताए ।

भारतीय मिडियाको खुलासा- मधेशी नेताले भारतलाई भने तराइ भारतकै हो

अध्यक्ष झाले आफुहरु नेपाल राज्य भित्रको समृद्ध मधेश चाहेको तर अब बेलैमा मधेशका मागहरु सम्वोधन हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय अध्यक्ष झाले वर्तमान सरकारका ३ उपप्रधानमन्त्रीहरु स्वयं संघीयता विरोधी रहेका कारण पनि मधेशका मागहरु सम्वोधन हुन ढिलाई भएको आरोप समेत लगाएका छन् ।