१ कात्तिक, धनुषा ।

संघीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशको लागि संघर्षकै एउटा पाटो रहेको प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा मधेशी जनताले आन्दोलनको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरेका छन ।

मधेशी जनताको भावना अनुरुप फोरम र राजपा चुनावमा आएको स्मरण गराउदै अध्यक्ष यादवले अव मधेशी जनतालाई एक भएर आफुहरुको गठबन्धनलाई मत दिन आग्रह समेत गरेका छन ।

धनुषाको पौडेश्वरमा आयोजित कार्यक्रममा बोल्दै नेता यादवले काँग्रेस एमाले र माओवादी मधेशी जनताको अधिकारी विरुद्ध गरेको नाङ्गो नाच मधेशी जनताले नविर्सेको बताउदै उनले त्यस्ता मधेशी आदिवासी जनजाति विरोधी शक्तिहरुलाई पाखा लगाउन छ उल्लेख गरे ।

संविधान संशोधनको लागि गणितीय हिसावले मजबुत बनाउन पनि परिवर्तनकारी शक्तिहरुलाई बलियो बनाउन उनले आग्रह समेत गरेका छन ।धनुषाको विभिन्न ४ स्थान मिथिला नगरपालिका, दुब्बरकोट हथिलेटबा , मतौना र पौडेश्वरमा आयोजना गरी फोरमले सयौ कार्यकर्तालाई प्रवेश गराएको छ ।