३२ साउन, काठमाडौं । भारी वर्षासँगै भक्तपुरको मनहरा नदीमा बाढी आउनसक्ने भन्दै सर्तक रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शनिबार साँझ एक ट्वीट गर्दै सतर्क रहन सुझाएको हो ।

महाशाखाले ललितपुरको गोदावरी र आसपास, मकवानपुरको मकवानपुरगढी, रजैया र आसपास मध्यम देखि भारी बर्षा भईरहेको जनाएको छ । ट्वीटमा भनिएको छ, ‘मनहरा, पूर्वी राप्ती लगायत ललितपुर, मकवानपुर जिल्ला भई बहने साना नदीहरूमा आकस्मिक बहाव हुन सक्छमहाशाखाले मनहरा, पूर्वी राप्ती लगायत ललितपुर, मकवानपुर जिल्ला भई बहने साना नदीहरूमा आकस्मिक बहाव आउसक्छ, सतर्क रहौं ।’