२० असोज, काठमाडौं ।

सरकारले सचिव, सहसचिवलगायतका माथिल्लो तहका कर्मचारीको कार्यक्षमता र दक्षता मूल्यांकन गर्न ‘नेतृत्व मूल्यांकन समिति’ गठन गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्रीले आफ्नै देशको सेनालाई दिए चेतावनी

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारका सहसचिव र उपसचिवहरुसँग कार्यसम्पादन मूल्याङ्कनका लागि गठित समितिमा पूर्व सचिव मधुरमण आचार्य र सुरेशमान श्रेष्ठलाइ नियुक्त गरेको हो ।

prachanda-cabinet-2

समितिले सहसचिवहरुसँग कार्यसम्पादन मूल्याङ्कन गर्ने तथा नेतृत्व विकास लगायतका विषयमा परामर्श दिनेछ ।

त्यस्तै बैठकले वन मन्त्रालय मातहत रहेका ४ सय ५० वनपालेको अस्थायी दरबन्दी यथावत् राख्दै लोकसेवा आयोगको परामर्शमा पछि निर्णय लिने निष्कर्ष निकालेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

अर्को ठाउँमा पनि नेपालसँग जोडियो चीन

बैठकले बाढी पीडितलाई दसैँ अघि थप १५ हजार दिने निर्णय समेत गरेको मन्त्री कार्कीले जानकारी दिए ।

भारतको आकाशमा यस्तो देखिएपछि आतंकः मानिसहरु भागाभाग

यसअघि दश हजार उपलब्ध गराइएकोमा जिल्ला दैवी प्रकोप उद्दार समितिको सिफारिसमा थप १५ हजार उपलब्ध गराउने निर्णय भएको उनले बताए।

कुन देशका राष्ट्राध्यक्षले खान्छन् सबैभन्दा बढी तलव? ११ राष्ट्राध्यक्षको तलव यस्तो