६ साउन, काठमाडौं ।

सरकारले देशमा रहेका युरेनियम खानीको सुरक्षा जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ ।

कमल थापाको सुझाव- प्रधानमन्त्रीले राजिनामा दिनु राम्रो

आज बसेको मन्त्रीपरिषद बैठकले मुस्ताङ लगायतका स्थानमा रहेको युरोनियम खानीको सुरक्षा जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो ।

PM and Cabinet Office

सरकारले मुस्ताङको लोमाङ्थाङ क्षेत्रमा भेटिएको युरेनियम अन्वेषणको जिम्मा उद्योग मन्त्रालयलाई दिँदै संरक्षणमा नेपाली सेना खटाउने निर्णय गरेको छ । खानी तथा भू–गर्भ विभागले हालै मात्र मुस्ताङमा प्राकृतिक खानीमा युरेनियम, नुन, पेट्रोल र कोइला रहेको पुष्टि गरेको थियो । युरेनियम पारमाणविक उर्जामा प्रयोग हुन्छ ।

ओली सरकार ढल्ने चर्चा चलिरहेको समयमा बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रिय आमसञ्चार नीति, २०७३ पनि स्वीकृत गरेको छ ।

सहमति जुटेन, दोश्रो रणनीतिमा जाने देउवा -प्रचण्डको तयारी

नयाँ सञ्चार नीति अनुसार स्वदेशी टेलिभिजन र विज्ञापन एजेन्सीलाई प्रोत्साहन गर्न तथा विदेशी विज्ञापनको प्रभाव रोक्न ‘क्लिन फिड’ लागू हुने छ ।

वदेशी टेलिभिजन च्यानलले अब विज्ञापनरहित सामग्री मात्रै प्रसारण गर्न पाउने भएका छन् । मन्त्रिपरिषद्को आज बसेको बैठकले विदेशी टेलिभिजनमा ‘क्लिन फिड’ लागू गरेपछि विज्ञापनरहित सामग्री मात्रै बजाउनु पर्ने भएको हो ।

विज्ञापन व्यवसायीले ‘क्लिन फिड’ लागू गर्न माग गर्दै आएका थिए । आमसञ्चार सम्बन्धि विभिन्न प्रतिवेदनले पनि यो प्रावधान लागू गर्न सरकारलाई सुझाव दिँदै आएका थिए । सरकारको यो निर्णयसँगै निःशुल्क विदेशी विज्ञापन बजिरहेको अवस्था रोकिँदा नेपाली विज्ञापनको बजार बढ्ने छ ।

मन्त्रिपरिषद् बैठकले आमसञ्चार नीति पारित गर्दै बीर अस्पताललाई भक्तपुरको दुवाकोटमा सात सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

माओवादी सिद्धयाउन प्रचण्डलाई फसाइयो – माओवादी केन्द्रीय सदस्य

यो नीतिले विदेशिएको विदेशी मुद्रा कम गर्न, नेपालमा राजस्व र रोजगारी बढाउन तथा नेपाली भाषा र संस्कृतिमा परेको नकारात्मक प्रभाव कम गर्न सघाउनेछ । यो नीति नेपालभित्र प्रसारित हुने टेलिभिजनका विज्ञापनमा लागू हुनेछ ।