५ बैशाख, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीबीच एकीकरण भएको छ ।

आज एक औपचारिक कार्यक्रमका बीच पार्टी एकताको १० बुँदे सहमतिमा दुबै नेताले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा सिमांकनसहितको संविधान संसोधनका लागि सरकार र दलहरुलाई बाध्य पार्ने, थरुहट राज्य स्थापनका लागि संघर्ष गर्ने, एकीकृत पार्टीलाई राष्ट्रिय पार्टीका रुपमा बिस्तार गर्ने लगायतका विषय उल्लेख छन् ।

सहमतिपत्रमा हस्ताक्षर गरेपछि महतोले सद्भावना पार्टी अब राष्ट्रिय पार्टी भएको दाबी गरे ।