महाभारत निर्विवाद हिन्दुहरु एक महान धार्मिक ग्रन्थ हो। यो  भारत खण्डको धार्मिक, पौराणिक, ऐतिहासिक तथा दार्शनिक ग्रन्थ हो। महाभारत विश्वकै सबै भन्दा लामो साहित्यिक ग्रन्थ समेत हो।

 महाभारतभित्र हिन्दहरुको अर्को पवित्र ग्रन्थ गीता समावेश छ।

पुरै महाभारतमा १ लाख १० हजार श्लोक छन् जुन ग्रीक काव्यहरु इलियड र ओडिसी भन्दा १० गुणा बढि हो।

हिन्दु मान्यता, पौराणिक सन्दर्भ तथा स्वयम महाभारतका अनुसार यसको रचना वेद व्यासले गरेका हुन् ।

विशाल महभारतका कयौं कथाहरु नौला लाग्छन्। यस्तै कमै मानिसले सुनेका ९ कथा यहाँ प्रस्तुत गरिएको छ।

१. महभारत युद्धमा जब कौरबहरु हारिरहेका थिए, दुर्योधनले भिष्मपितामहका समिप पुगेर उनलाई सम्पुर्ण शक्ति लगाएर युद्ध नलडेको आरोप लगायो।

 यो सुनेर भिष्मपितामह क्रोधित भए,उनले तुरुन्त पाँचवटा सुनका वाण लिएर मन्त्र पढे। मन्त्र पढेपछि उनले दुर्योधनलाई वाण दिँदै भोली यही वाणबाट पञ्चपाण्डवको बध गर्ने बताए।

तर दुर्योधनलाई भीष्मपितामहका यी कुरामा  विश्वास लागेन्। तैपनि दुर्योधनले भीष्मपिताहमलाई वाण भोली विहान फिर्ता गर्छु भनेर बाटो लाग्यो।

भीष्म पितामहले दुर्योधनलाई वाण दिएको कुरा भगवान श्रीकृ्ष्णले थाहा पाए। उनले अर्जुनलाई बोलाएर दुर्योधनलाई भेटेर सो वाण ल्याउन भने।

अर्जुनले एकपटक दुर्योधनको ज्यान गन्धर्वबाट जोगाएका थिए। त्यतिवेला दुर्योधनले अर्जुनलाई यसबापत एक चीज माग्न भनेको थियो।  अर्जुन दुर्यौधनलाई भेट्न गए, उनले दुर्योधनो सोही वचन सम्झाउँदै भीष्म पितामहले दिएको पाँचवटा सुनका वाणहरु मागेर ल्याए।

Krishna mahabharat

२. आधुनिक विज्ञानका कारण सम्भव भएको टेस्ट ट्युब बेबीसंग मिल्ने कथा महाभारतमा पनि छ।

कौरव र पाण्डवका गुरु द्रोणाचार्यका पिता महर्षि भारद्धाज थिए र उनकी माता एक अप्सरा थिइन्। भएको के थियो भने, एक साँझ भारद्धाज गंगामा स्नान गर्न गएका थिए, त्यहाँ उनले सुन्दर अप्सरा देखे। अप्सराको सुन्दरता देखेर ऋषि मन्त्रमुंग्ध भए। ऋषिको शरिरबाट ततक्षण शुक्राणु निक्लियो जसलाई उनले एउटा माटोमा भाँडोमा जम्मा गरेर अध्यारो स्थानमा राखे। त्यहीँबाट द्रोणाचार्यको जन्म भयो।

३. जब पाण्डवका पिता पाण्डु मृत्युको सन्निकट थिए उनले आफ्ना सबै पुत्रहरुलाई बुद्धिमान बन्न र ज्ञान हासिल गर्न आफ्नो मस्तिष्क खान आग्रह गरे।

तर केबल सहदेवले मात्र उनको इच्छा पुरा गरे। जब सहदेवले पहिलोपटक मष्तिस्क खाए, उनलाई संसारमा भइसकेका सबै कुराहरुको जानकारी भयो।

 दोस्रोपटक खाँदा उनलाई वर्तमानमा भइरहेका घट्नाका बारेमा जानकारी प्राप्त भयो।

 तेस्रो पटक मष्तिस्क खाँदा उनलाई भविष्यमा हुने घट्नाहरु जानकारी हुन थाल्यो।

४.अभिमन्युकी पत्नी वत्सला बलरामकी छोरी थिइन् तर बलराम वत्सलाको विवाह अभिमन्युसंग होइन् दुर्योधनका छोरा लक्ष्मणसंग गराउन चाहन्थे।

अभिमन्यु र वत्सला एकअर्कासंग प्रेम गर्दथे।  बलरामको यस्तो इच्छा बुझेपछी अभिमन्युले घटोत्कचसंग सहयोग मागे ।

घटोत्कचले दुर्योधन पुत्र लक्ष्मणको यसरी सातो खाएकी लक्ष्मणले जीन्दगीभर विवाह नगर्ने कसमनै खाए। यसरी अभिमन्यु र वत्सलाको विवाह संभव भयो।

५.अर्जुनका एक पुत्र इरावनले आफ्नो पिताको जीतको लागि आफ्नो बलिनै दिएका थिए। तर बलि दिनु अघि एकपटक विवाह गर्न चाहन्थे। तर विवाह गर्ने  बितिकै बलि दिने व्यक्तिसंग विवाह गर्न कोही स्त्री तयार भएनन् । त्यसपछि इरावनको इच्छा पुरा गर्न स्वयम भगवान श्रीकृ्ष्णले मोहिनीको रुप लिएका थिए। मोहिनी बनेर श्रीकृष्णले इरावनसंग विवाह गरेर एक पत्नीको रुपमा इरावनलाई रुँदै विदा गरे।।

६. पञ्चपाण्डव मध्येका एक सहदेव जो पिताको मष्तिस्क खाएर बुद्दिमान भएका थिए, उनमा भविष्य देख्ने क्षमता थियो।

युद्ध शुरु हुनु अघि दुर्योधन आएर युद्ध शुरु गर्ने सहि मुहुर्तका बारेमा सहदेव सोध्यो । सहदेवलाई दुर्योधन आफ्नो सबै भन्दा ठुलो दुश्मन भएको थाहा थियो तैपनि उनले दुर्योधनलाई युद्ध सुरु गर्ने सहि समय बताए।

७.महाभारत युद्धमा उडुपीका राजाले निरेपक्ष रहने निर्णय लिएका थिए । उडुपीका राजा न पाण्डव तर्फका थिए नत कौरवतर्फका।

उडुपीका राजाले पाण्डव र कौरबका विशाल सेनालाई भोजनको आवश्यक्ता पर्ने र दुबै तर्फका सेनलाई भोजन बनाएर खुवाउने बताए।

१८ दिनसम्म चलेको महाभारत युद्दमा दुबै तर्फका सेनालाई खानाको अभाव कहिल्यै भएन्। जब सेनाले उडुपीलाई यसको रहस्य सोधे, उडुपीले यसको सम्पुर्ण श्रीकृ्ष्णलाई दिए।

  उनका अनुसार उनलाई श्रीकृष्णले खाएको भोजनको परिमाण हेरेर भोली कति मानिस मर्दछन भन्ने थाहा हुन्थ्यो र उनी यसै अनुसार भोलीका खाना तयार पार्थे ।

८.यु्द्धमा  भीमसंग पराजित भएर दुर्योधन आखिरी अवस्थामा थियो, उसले तीनबाट औला उठाइरहेको थियो।

अब भगवान श्रीकृष्ण दुर्योधनको नजिक गए, उनले थाहा पाइहाले दुर्योधन के भन्न चाहिरहेको छ । दुर्योधन युद्धमा तीन गल्ति गरेर आफुले हार बेहर्नु परेको नत्र जित्ने बताउँन खोज्दै थियो।

तर कृष्णले ती तीन गल्ति नगरेको भएपनि युद्ध दुर्योधनले कहिल्यै नजित्ने बताइदिए। श्रीकृष्णबाट यस्तो सुनेपछी दुर्योधनले आफूले उठाएका ३ औला बिसायो।

९. कर्ण अत्यन्त ठुलो दानवीर थियो। अर्जुनका हातबाट पराजय भोगेपछि कर्ण युद्ध क्षेत्रमा आखिरी स्वास लिँदै थियो, भगवान श्रीकृष्णलाई उसको दानशीलताको परिक्षण गर्न मन लाग्यो।

श्रीकृष्ण गरिब ब्राह्मण बनेर कर्णको भएको ठाउँमा पुगे । ब्राह्मणुरुपी श्रीकृष्णले मराणासन्न कर्णसंग उपहार मागे।

कर्णलाई जे चाहिएको माग्न भन्यो त्यसपछी ब्राह्मणरुपमा रहेका श्रीकृष्णले सुन मागे। कर्णले सुनको आफ्नो दाँतमा रहेको भन्दै लैजान भन्यो। तर  ब्राह्मणले दाँत तोडेर सुन निकाल्न नसक्ने जवाफ दिए।

त्यसपछी कर्णले ढुङगाले आफ्नै दाँत फोडेर सुन निकाल्यो। त्यसपछी ब्राह्मणरुपमा रहेका श्रीकृष्णले रगतले लतपतियो सुन लिन इन्कार गरे।

कर्णले वाण उठाएर आकासतर्फ प्रहार गर्यो, कर्णको वाण  प्रहारसंगै आकाशकबाट पानी पर्यो र सुन पखालियो।