एजेन्सी।

प्रविधिको बजारमा अग्रणी माइक्रोसफ्ट कम्पनीले आइफोनको लागि एक-हातले चलाउन मिल्ने ‘वर्ड फ्लो कीबोर्ड’ एपस्टोरमा सार्वजनिक गरेको छ।

यस ‘वर्ड फ्लो कीबोर्ड’ माइक्रोसफ्टको ग्यारेज डिभिजनले डिजाइन गरेको रिपोर्टले जनाएको छ। सुरुमा यो एक-हातले चलाउन मिल्ने कीबोर्ड माइक्रोसफ्टले सन् २०१४ मा आफ्नै विण्डोज फोनको लागि सार्वजनिक गरेको थियो, तर अहिले कम्पनीले आइफोन प्रयोगकर्ताहरूको लागि यो एप सार्वजनिक गरेको छ।

आजभोली प्रयोगकर्ताहरूले ठूलो स्क्रीनवाला स्मार्टफोन मनपराउन थालेको तथ्यलाई मध्यनजर गर्दै प्रयोगकर्ताहरूलाई एक-हातले टाइप गर्न मिल्ने सुविधा दिएको कम्पनीले बताएको छ।

आइफोनमा एक-हातले चलाउन मिल्ने वर्ड फ्लो कीबोर्ड यसरी राख्नुहोस्–
  • सुरुमा एपस्टोरमा गएर “Word Flow Keyboard” नामक एप डाउनलोड गर्नुहोस्।

Searching for Word Flow Keyboard in AppStore

  • डाउनलोड भैसकेपछि Settings भित्रको General मा गई Keyboard मा ट्याप गर्नुहोस्। त्यहाँ सुरुमै Keyboards भन्ने देख्नुहुनेछ, त्यहाँ भित्र पनि तपाईँले तपाईँको आइफोनमा इन्स्टल बएका कीबोर्डहरूको सूची देख्न सक्नुहुन्छ।

 

  • त्यसै सूचीको अन्तिममा रहेको Add New Keyboard मा ट्याप गर्नुहोस् र Word Flow छान्नुहोस्। यति गरिसकेपछि कीबोर्ड इन्स्टल हुनेछ।

Choosing WordFlow Keyboards

  • अब टाइप गर्ने ठाउँमा जानुहोस् र तलपट्टी रहेको ग्लोबमा एकछिनसम्म ट्याप गरी Word Flow कीबोर्ड छान्नुहोस्।

Viewing WordFlow Keyboard

  • अब तपाईँको कीबोर्ड यस्तो देखिनेछ।

OneHand sign

  • तथापी, तपाईँले विभिन्न किसिमका थीमहरू पनि छान्न सक्नुहुन्छ।
  • किबोर्डको माथिपट्टीको दुवै छेउमा तपाईँले घुम्रेको आकारको बटन देख्न सक्नुहुनेछ। यसबाट वर्ड फ्लो कीबोर्डको सबैभन्दा रोचक फिचर खुल्दछ: एक-हात फिचर।
  • त्यसलाई ट्याप गरेर कुनातर्फ तान्न सकिन्छ, जसले आफूलाई ठीक्क हुने गरी कीबोर्डको आकार पनि छुट्याउन सकिन्छ।

Typing with one hand and selecting theme

  • अब तपाईँले एक-हातले टाइप गर्न सक्नुहुन्छ, तर यो कीबोर्डमा हात बसाल्न केहि समय अवश्य लाग्न सक्छ।
यो पनि हेर्नुहोस्-
आइफोन हुने सबैका लागि अतिउपयोगी फिचर, जुन सायद तपाईँले प्रयोग गर्नुभएको थिएन
 माइक्रोसफ्टले ल्यायो नेपालको लागि नयाँ सफ्टवेयर 
आइट्यून्स र डाटा केबुल बिना नै आइफोनको फोटो कम्प्यूटरमा कसरी हेर्ने?
कम्प्यूटरको गुगल क्रोममा पनि ‘इमोजी कीबोर्ड’ थप्नुहोस्