mohan vaidya२५ साउन, काठमाडौ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफूहरुले उठाएका जनताका मागलाइ उपेक्षा गरेर निर्वाचन गरिए त्यसले भयाभह परिणाम ल्याउने चेतावनी दिएका छन । उनले यथास्थितीमा कुनैपनि हालतमा चुनाव हुन नदिइने जीकिर गरे ।

पार्टी निकट नेपाल राष्टिय कर्मचारी संगठनको अधिवेशनलाइ आज राजधानीमा संवोधनगर्दै अध्यक्ष वैद्यले आफ्नो पार्टीले उठाएका सवाल संवोधन गरिए चुनावमा भागलिने बताएका हुन । आफूहरुका माग पूरा नगरी चुनाव गरिए सशक्त बहिस्कार र प्रतिकार गर्ने बैद्यले चेतावनी दिए ।

अध्यक्ष वैद्यले चारदलीय सिण्डिकेटले गर्न लागेको निर्वाचन रुपमा लोकतान्त्रिक देखिएपनि त्यसपछाडी खोट रहेको आरोप लगाए । ‘चुनाव गर्नेकुरा जनवादको प्रश्न जस्तो देखिन्छ, बैद्यले भने–तर यसपटकको निर्वाचन जनताको विपक्षमा छ ।’

कार्यक्रममा माओवादी प्रवक्ता पम्फा भुसालले नेपालका उच्चतहका कर्मचारी राष्टिय हित विपरित काम गर्ने गरेको आरोप लगाइन् । तल्लो तहका कर्मचारी भने राष्टवादी रहेको उनले बताइन । माओवादी निटक कर्मचारीको सम्मेलन भोलीसम्म चल्नेछ ।