११ साउन,काठमाडौं ।

नयाँ बन्ने सरकारमा सहभागी हुने मन्त्री छनोटको विषयलाई लिएर नेकपा माओवादी केन्द्रभित्र महाभारत सुरु भएको छ ।

ओली सरकार ढलेपछि चीनको पहिलो प्रतिक्रिया

नेताहरुले आ आफ्नो खल्तीबाट मन्त्रीहरुको नामावली निकालेपछि सात वटा मन्त्रालयमा कति जनालाई पठाउने भन्ने अन्यौलता सृजना भएको छ । केपी ओली नेतृत्वमा सहभागी मन्त्रीहरुलाई सरकारमा नपठाउने विषयमा पनि माओवादीभित्र पाखुरा सुर्कासुर्की भएको थियो ।

lazimpat baithak

पार्टीमा नेता नारायणकाजी श्रेष्ठले गिरिजामणि पोखरेललाई काखी च्यापेका छन भने टोपबहादुर रायमाझीले पनि आफूले भाग पाउनु पर्ने अडान राखेका छन् । सरकार ढाल्ने तीन हस्ती मध्ये कृष्णबहादुर महरा उप्रधानमन्त्री सहित अर्थ मन्त्री हुने टुंगो लागिसकेको छ । गृह मन्त्री नपाउने अवस्था सृजना भएपछि कांग्रेस नेतृत्वको सरकारमा मात्र जनार्दन शर्मालाई पठाउने गरी तयारी गरिएको छ । सरकार ढाल्ने न्वारनदेखिकै बल गलाएका बर्षमान पुन सासंद छैनन् । जनार्दन शर्मा,बर्षमान पुन र गोपाल किरातीले सिफारिस गरेका तीन जना मन्त्री हुने छन भने बाँकी प्रचण्डले नै छनोट गर्ने गरी गृहकार्य भइरहेको एक नेता बताउछन् ।

६ महिनाको अवधिमा प्रचण्ड कसरी भारततर्फ मोडिए ! भारतीय मिडियाले खोल्यो राज

प्रचण्डले नेतृत्व गर्ने सरकारमा सात जना मन्त्री नै नयाँ अनुहार पठाउने तयारी माओवादीभित्र सुरु भएको छ । यस पटक केन्द्रीय कार्यालयबाट प्रचण्डले प्रधानमन्त्री र महराले अर्थ मन्त्रको जिम्मेवारी सम्हाल्ने र बाँकी मन्त्रीहरु नयाँ अनुहार पठाउने बारेमा नेताहरु सहमत भइसकेका छन् । पार्टीले पाउने करिब ७ मन्त्रीका लागि महेन्द्रबहादुर साही, दलजित श्रीपाली, हितराज पाण्डे, प्रभु साह, गौरीशकंर थारु, अशोककुमार मण्डल, श्रीप्रसाद गजेबु, सुरेन्द्र कार्की, राधिका तामाङ, धनीराम पोखरेल मध्येबाट मन्त्री छनोट गर्ने तयारी प्रचण्डले गरेको स्रोतले बतायो ।

९ महिना देश चलाउन प्रचण्डका मुख्य ९ चुनौतीः नत्र इतिहास मात्र बन्न सक्छन् प्रचण्ड

मन्त्री छनोटको विषयलाई सहज बनाउन प्रचण्डले नेताहरुसँग छलफल अगाडि बढाएका छन् । ओली नेतृत्वको सरकारमा सहभागी आठ जना मन्त्री प्रचण्ड नेतृत्वका सकारमा सहभागी नहुने भएका छन् । मन्त्री छनोट गर्दा निकै विवाद भएपछि यस पटक नेताहरुसँग सल्लाह सुझाव लिने र आफनै निर्णय गर्ने तयारीमा प्रचण्ड रहेको लाजिम्पाट स्रोतले बताएको छ ।

पार्टी एकीकरण भएपनि अन्य पार्टीका कोही पनि सांसद छैनन् । प्रचण्डलाई नयाँ व्यक्तिहरुलाई अवसर दिनको लागि नेताहरु आग्रह गरेका छन् । नयाँ र सक्षम व्यक्तिलाई अवसर दिनुपर्छ केन्द्रीय कार्यालयका नेता गोपाल किरातीले मन्त्री छनोट गर्दा समानुपातिक र समावेशीतलाई ध्यान दिनुपर्ने सुझाव नेताहरुले प्रचण्डलाई दिएका छन् ।

कांग्रेस र माओदीबीच भएको सहमति अनुसार कांग्रेसले १३ र माओवादीले ८ मन्त्रालय लिने सहमति भएको छ । अविश्वासको प्रस्तावमाथि समर्थन जनाएदै मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र राप्रपा नेपालले पनि साथ दिएपछि कांग्रेस र माओवादीबीच भएको मन्त्रालय बाडफाँडको सङख्या केही घटने बताइएको छ । कांग्रेस र माओवादीबीच मन्त्रालय बाँडफाँड भएपनि कुन मन्त्रालय कसले पाउने भन्ने सार्वजनिक गरेका छैनन् ।