६ असोज, काठमाडौं । सिराहाको सुखीपुर नगरपालिका प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमाले बिजयी भएको छ ।

नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालको गठबन्धनलाई पराजित गर्दै एमालेले बाजी मारेको हो । एमालेका प्रमुख पदका उम्मेदवार रामऔतार यादव ६ हजा १ सय ११ मतसहित विजयी भएका हुन् ।

उपप्रमुखमा बिजयी एमालेकै रेणुदेवी साहले ६ हजार ८६ मत प्राप्त गरेकी छिन् ।