२८ असार, काठमाडौं ।

राजपाका नेता वृजेशकुमार गुप्ताले असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचन अघि नै संशोधन प्रस्ताव पारित नभए आफूहरु चुनावमा भाग नलिने बताएका छन् । उनले भने, ‘संविधान संशोधन भएन भने हामी कुनैपनि निर्वाचनमा भाग लिँदैनौं, राजपाले चुनावमा भाग लिँदैन् ।’

गुप्ताले संविधान जारी गर्दा तीन ठूला दलका नेताहरुले सदनमा सम्बोधन गरेर संविधानमा केही त्रुटिहरु भएका छन् र यसलाई सम्बोधन गर्ने भनेर वाचा गरेको स्मरण गराउँदै भने, ‘उहाँहरुले सदनमा बोल्नुभएको थियो, हुन त संविधान जारी गरेको अर्थात मसी सुक्न नपाउँदै उहाँहरुले नै पहिलो संशोधन गर्नुभएको हो, त्यो पनि एमालेको सहमतिमा ।’

उनले दोस्रो चरणको निर्वाचनमा राजपाले भाग नलिएको समेत जिकिर गरे । उनले भने, ‘५ नम्बर प्रदेशमा केही साथीहरुले स्वतन्त्र रुपमा निर्वाचनमा भाग लिएका हुन्, तर राजपाले निर्वाचनमा भाग लिएको होईन् ।’