२८ असार, काठमाडौं । काठमाडौं जिल्ला अदालतले चर्चित रानीबारी हत्याकाण्डका दोषीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश रमेशप्रसाद रिजालको एकल इजलासले आज मनराज गुरुङ र प्रमेश चौहानलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको हो ।
झण्डै १५ वर्ष अघि भएको रानीबारी हत्याकाण्ड संलग्न दुबै जना दुई वर्ष अघि पक्राउ परेका थिए । घटनाका मुख्य योजनाकार भने अझै फरार छन् ।

उनीहरुले काठमाडौंको रानीबारीमा इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी श्रीमती अञ्जलीको २०५९ असार ३१ गते खुकुरी हानेर हत्या गरेका थिए ।
मनराज र प्रमेश कन्ट्रयाक्ट किलर भएको र उनीहरुले म्यानपावर व्यवसायी गिता खड्काको हत्या गर्न जाँदा इन्जिनियर दम्पत्तिको हत्या गरेका थिए । गिता भने लुकेर बाँच्न सफल भएकी थिइन् ।