२ कात्तिक, लहान ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको माग पूरा नहुन्जेल नाकामा जारी अवरोध नहट्ने जिकिर गरेका छन ।

सो पार्टीको जिल्ला कमिटीद्वारा आज लहानमा आयोजित पत्रकार सम्मेलनमा उनले मधेसी जनताले पटक पटक आन्दोलन गर्नुभन्दा जारी आन्दोलनलाई निर्णायक बनाउन सहयोग र साथ दिएकाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आन्दोलन रोक्ने पक्षमा नरहेको बताए ।