१६ पुस, जनकपुरधाम ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उनकै शब्दमा ‘आन्तरिक उपनिवेश’ समाप्त नहुन्जेल आन्दोलन नरोकिने बताएका छन् ।

जनकपुरमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा यादवले केही गनेचुनेका एउटै समुदायका व्यक्तिहरु मधेशीहरुलाई उपनिवेशमा राखेको भन्दै उपनिवेश समाप्त नभए सम्म आन्दोलन अझै सशक्त पार्दै जाने चेतावनी दिए ।

upendra yadav speaking

११ बुदे माग कार्यान्वयन गर्न सत्ता पक्ष आनाकानी गरिरहेकोले त्यो माग सम्बोधन नभए नाकाबन्दी जारी रह्ने चेतावनी पनि उनले दिएका छन् ।

आफ्नो पक्ष बलियो बनाउनका लागि अन्तराष्ट्रिय जगत संग सहयोग मागेको र अन्तराष्ट्रिय समुदाय पनि संविधान अपुरो रहेको जबाव दिएको दावी समेत उपेन्द्रले गरे ।

प्रधानमन्त्री ओलीलाई नरेन्द्र मोदीको फोनः भारत भ्रमणका लागि आग्रह

बीरगञ्जका स्थानीय ब्यापारीले गरे धर्नाकारीमाथि आक्रमण

संविधानमा हस्ताक्षर गरेका संसदहरुले नै संशोधन विधेयक प्रस्तुत गर्नुले संविधान मृत भइ सकेको पुष्टी भएको उनको भनाइ छ । संविधान कार्यान्वयन हुन अगावै नेताहरु संविधानको श्राद्ध गर्न लागी परेको बताए । एउटै समुदाय र एउटै जातका ५ ÷७ जना व्यक्तिहरु मिलेर संविधान ल्याएको भन्दै उनीहरु मधेशमा नरसंहार गर्न लागी परेको आरोप पनि उनले लगाएका छन् ।

मोर्चाले अव ‘चलो मधेशी घेरो सिंहदरबार लेलो अपना अधिकार’ नामक नयाँ आन्दोलनको घोषणा गर्न लागेको जानकारी पनि उपेन्द्रले दिएका छन् ।