मानव इतिहासकै सबैभन्दा ठूलो आविष्कार के होला ?

कम्प्युटर ? स्मार्टफोन ? बिद्युत ?

२१ औँ शताब्दीसम्म आइपुग्दा मावन आविष्कारले चुली चढिसकेको देख्न सकिन्छ। यसको अर्थ अब आविष्कारै गर्न बाँकी छैन भनेको होइन। क्वान्टम कम्प्युटर, हाइपरसोनिक यातायातका साधन, कहिल्यै नसकिने उर्जाको स्रोत.. सुन्दै असम्भव लाग्ने यी अत्याधुनिक आविष्कार धेरै दशक, अझ शताब्दी टाढा छन्। तर अहिलेसम्मको इतिहास केलाउने हो भने सबैभन्दा ठूलो आविष्कार हो, आगो। आखिर सारा कथा त्यहीबाट सुरु भएको थियो।

करिब ६००० वर्ष पहिले प्राचिन ग्रिकमा पाङ्ग्राको आविष्कार भयो। माटोको भाँडा बनाउन प्राचिक ग्रिकका कुमालेहरुले यसको पहिलो प्रयोग गरे। त्यसपश्चातका धेरै आधुनिक आविष्कारहरुमा कुनै न कुनै रुपमा पाङ्ग्रा (चक्र, वृत)को प्रयोग हुँदै आएको छ।

यी दुइ आधारभूत आविष्कार बाहेक मानव इतिहासकै सबैभन्दा ठूलो ५ आविष्कारको बारेमा यहाँ चर्चा गरिएको छ। यी आविष्कारहरु महत्वपूर्ण आविष्कार हुन किनकी यीनकै धरातलमा उभिएर वैज्ञानिकहरुले अहिलेका ठूला मानिने अन्य आधुनिक आविष्कार गर्ने सके।

अप्टिकल लेन्स

आविष्कार मितिः १३ औँ शताब्दी

सिसाबाट प्रकाश परावर्तन! सुन्दा सामान्य लाग्छ। तर पहिलो पटक इजिप्सियनहरुलाई लेन्स बनाउन निकै समय खर्चिनु पर्यो। अहिले मेसिनबाट बनाइने लेन्स सो बखत हातबाट क्राफ्ट गरिएको थियो। फलतः यसको सटिकता कायम राख्न कठिन थियो।

सन् १८५८ मा इङ्ल्यान्डका ल्याबहरुमा उपलब्ध अप्टिकल डिभाइसहरु

यही आविष्कारले अन्य महत्वपूर्ण आविष्कार गराउदै लग्यो। ब्रह्मान्डका असङ्ख्य पिण्डहरु देखि आँखाले देख्न नसकिने सूक्ष्मजीवहरुको संसार नियाल्न अहिले टेलिस्कोप र माइक्रोस्कोप बनेका छन्। नजिक वा टाढा नदेख्ने कमजोर आँखाको साथी बनेको छ लेन्स। यीनै लेन्सका सहारामा बनेको अप्टिकल फाइबरबाट हामी तीव्र गतिको इन्टरनेट प्रयोग गर्दै छौ।

सेमीकन्डक्टर

आविष्कार मितिः २० औँ शताब्दी

सेमीकन्डक्टर आधुनिक समाजको सबैभन्दा महत्वपूर्ण आविष्कार हो। यसले प्रविधि विकासको ढोका नै खोलिदियो।

माइक्रोइलेक्ट्रोनिक्समा सबैभन्दा बढी प्रयोग गरिने सेमिकन्डक्टिङ मटेरियलः सिलिकन क्रिस्टल

कम्प्युटर र स्मार्टफोनको आविष्कार सम्भव भइदियो। २१ औँ शताब्दीको अधिकांस ठूला आविष्कारको जग हो यो। अन्तरिक्षको अध्यारो कुनामा उडिरहेको यानबाट संकेत पाउन वा पठाउन होस् या मानव रहित कार, विमान होस्, सबै सेमीकन्डक्टरको सहायतामा बनेको कम्प्युटरको कारण सम्भव भएको हो।

पेनिसिलिन

आविष्कार मितिः सन् १९२८

अलेक्जेन्डर फ्लेमिङले लन्डनको सेन्ट मेरीज हस्पिटलमा पेनिसिलिनको आविष्कार गरेका थिए। जसको पहिलो ठूलो प्रयोग दोस्रो विश्व युद्धमा गरियो। पेनिसिलिन आविष्कार पूर्व न्युमोनिया, गोरोनिया, बाथ ज्वरो, मेनिन्जाइटिस लगायताका रोगको कुनै उपचार थिएन।

यो आविष्कार एक संयोग थियो। फ्लेमिङ एक ल्याब टेक्निसियन थिए, परवाह बिनाका टेक्निसियन। २ हप्ता लामो बिदाबाट फर्कदा ल्याबमा विकसित भइरहेको एक फङ्गस भेटे, जसले स्टेफिलोकोसी (एक प्रकारको ब्याक्टेरिया जसले छालामा पीप जम्मा पार्छ) लाई नियन्त्रण गरेको भेटियो।

अलेक्जेन्डरले प्रदर्सनको गरेको पेनिसिलिन मोउल्ड (एक प्रकारको फङ्गी)

यसरी दुर्घटनावस आविष्कार भएको पेनिसिलिनले त्यसपश्चात अधिकांस ज्यान लिने रोगको उपचार सम्भव गरायो।

यसको आविष्कार पश्चात एन्टिबायोटिक्सको युग सुरु भयो।

विद्युत

आविष्कार मितिः १९ औँ शताब्दी

विद्युत आविष्कार हुनु शताब्दीऔं अघि देखि नै यसबारेको चर्चा सुरु भएको थियो। तर यसलाइ स्टोर गरेर (ब्याट्रिमा जम्मा गरेर) राख्न सकिन्छ भन्ने प्रविधि भने विद्युत आविष्कार भएपछि मात्र आविष्कार भयो।

इलेक्ट्रिक इन्जिनियरिङको विकास पश्चात भने विद्युतले सारा संसारको कायापलट नै गरिदियो। यसको आविष्कार बिना न औधोगिक क्रान्ति हुन्थ्यो, न अहिलेको आधुनिक अनि प्राविधिक संसार नै।

इटालियन भौतिकशास्त्री एलिसान्द्रो भोल्टा (इलेक्ट्रिक पोटेन्सियल इनर्जी अर्था भोल्टेज यिनै वैज्ञानिकको नामबाट राखिएको हो।) १९ औँ शताब्दीमा फ्रेन्च शासक नेपोलियन बोनापार्टलाई आफुले बनाएको ब्याट्रि प्रदर्शन गर्दैगरेको तस्बिर।

विद्युय, ब्याट्री, यसको इन्जिनियरिङमा थोमस एडिसिन, निकोला टेस्ला, माइकल फराडे, एलिसान्ड्रो भोल्टा लगायत दर्जनौँ वैज्ञानिकहरुको देन छ।

प्रिन्टिङ प्रेस

आविष्कार मितिः १५ औँ शताब्दी

मान्छे मात्र यस्तो प्रजाति हो जसले आफुले सिकेको ज्ञान संरक्षण मात्र होइन अरुले बुझ्ने गरि बाड्न पनि सक्छ।

झन्डै ३००० वर्ष अघि देखि महत्वपूर्ण खोज, अनुसन्धान, विचार, इतिहास तथा कथाहरु लेखेर राखिन्थ्यो। तर १५ औँ शताब्दी भन्दा अघि यस्ता किताबहरु सबैको हातमा हुन्थेन। पहुँच भएका र केही धनवानहरुसंग मात्र किताब हुन्थ्यो। किताबका प्रत्येक अक्षर अनि चित्र हातले कोरिन्थ्यो। त्यसैले सबैको लागि किताब सम्भव थिएन।

क्यालिफोर्नियाको इन्टरनेशनल प्रिन्टिङ म्युजियममा प्रदर्शनको लागि राखिएको गुटेनबर्गले बनाएको प्रिन्टिङ प्रेसको नमुना

विकिपिडियाको जमानामा बसेर सो समयको अनुमान लगाउन गाह्रो हुन्छ। तर जब जर्मनीका एक सुनारले सन् १४४० ताखा पहिलो प्रिन्टिङ प्रेसको आविष्कार गरे तब ज्ञान संसारको कायापलट भयो। उनको नाम थियो, जोहानस गुटेनबर्ग। यसपश्चात किताब छापिएर आउन थाल्यो, ठूलो सङ्ख्यामा।

करिब ६० वर्ष सम्म (सन् १५००), युरोपमा २ करोड किताब छापिइसकेको थियो।