भारतकी मिस युनिभर्सल पिस एण्ड ह्युम्यानिटी २०१४ रहेकी मोडलले जाँड खाएर गाडी चलाएकी टिभी एक्ट्रेसको कारण तनाव भोग्नु पर्यो।

ruhi 18551538

भएछ के भने, ‘रुही शैलेसकुमार सिंह’ नामकी नायिकाले रक्सी सेवनगरी गाडी चलाइछिन्। भारतको बान्द्रा भन्ने ठाउँमा प्रहरीसंग झगडा गरी गाडी हुँइकाएर शान्टाक्रुज भन्ने ठाउँमा दुर्घटना गराइछिन्। घटना मिडियामा आयो,  तर टिभी नायिकाको सट्टा यी ब्युटी पेजेन्ट तथा क्यालेन्डर गर्ल ‘रुही सिंह’ को तस्विर प्रयोग गरेर भारतका चर्चित मिडिया इन्डिया टिभी, जी न्युज, एबीपी लगायत मिडियाले खबर प्रसारण गरे।

runi shaileshkumar singh 17507748

दुर्घटना गराउने टिभी नायिका रुही शैलेसकुमार सिंह

घटनासंग कुनै लेनदेन नभएकी रुहीको तस्विर यसरी प्रसारित भएपछि उनलाई मिडियाहरुले फोन गरे। मिडियामा दुर्घटनाको भिडियो पनि प्रसारण भयो तर दुर्घटना गराउने व्यक्तिको तस्विरको सट्टा उनको तस्विर हालिदिए।

मिडियाले गैर जिम्मेवारपूर्ण कार्य गरेको भन्दै उनी निराश छिन्। आफ्नो करिअर र इज्जतमाथी आघात पुगेको दुखेको पोखेकी छिन्। ‘दुर्घटना गराउने युवती प्रहरी हिरासतबाट छुटिसकेकी छिन् तर मलाइ चार तिरबाट फोन आउँदैछ, सबैलाई स्पष्टिकरण दिदाँ हैरान भएको छु’, उनी भन्छिन।

runi singh 1627678

दुर्घटनामा पर्ने टिभी नायिका र यी ब्युटी पेजेन्ट, दुवैको नाम रुही भइकाले अन्यौल वस विना खोजतलास मिडियाले उनको तस्विर प्रयोग गरेको देखिन्छ।

जति स्पष्टिकरण दिएपनि लामो समय सम्म यो घटना आफुसंग जोडिने प्रति उनी चिन्तित छिन्।