दैलेख, १० जेठ । दैलेखको डुङ्गेश्वर गाउँपालिका १ निङगालापानीमा मिनिट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मृतकको सनाखत भएको छैन । मृतक सबैको शव जलेको अवस्थामा भेटिएकाले पहिचानमा समस्या भएको हो । ट्रकको नम्बरप्लेट पनि जलेको छ । सुर्खेतबाट जुम्लाका लागि छुटेको मिनिट्रक सडकबाट अन्दाजी ३ सय मिटर तल भिरमा खसेको थियो । दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरी निरीक्षक क्षेत्रीले बताए ।