११ साउन, एजेन्सी ।

अधिकाँश भाषणहरु सुनिन्छ र सुन्दा सुन्दै विर्सिन्छ । तर अमेरिकी राष्ट्रपति बराक ओबामाकी पत्नी मिशेल ओबामाले पार्टीको चुनावी कन्भेन्सको अन्त्यमा फिलाडेल्फियामा दिएको भाषण आगामी कैयौं वर्ष सम्म सुनिने र भनिने मात्र छैन उल्लेख पनि गरिने छ ।

ओली सरकार ढलेपछि चीनको पहिलो प्रतिक्रिया

मिशेल ओबामाले भाषण दिँदा दिँदै कार्यक्रममा उपस्थित हुनेहरु रोएका देखिन्थे । अवको अमेरिकाको नेतृत्व अमेरिकाका सन्ततीका लागि हुनु पर्ने भन्दै उनले आफ्ना छोरी र राष्ट्रपतीय उम्मेदवार हिलारी क्लिन्टनकी छोरीको उदाहरण समेत दिइन् ।

Michelle Obama addresses the Democratic National Convention in Philadelphia

कसैलाई पनि गाली नगरीकन उनले गरेको भाषणले त्यहाँ उपस्थित सबै भावुक बने । हिलारी क्लिन्टन देशका लागि आदर्श राष्ट्रपति बन्ने बताउँदै उनले आफ्ना छोरी र अमेरिकाका छोरीहरुलाई हिलारी जस्तो राष्ट्रपति आवश्यक रहेको बताइन् ।

भिडियो हेर्नुस्

अमेरिकाले वर्षौं देखि देखेको सपना अव पुरा हुन लागेको भन्दै मिशेलले हिलारी अमेरिकी भविष्यका लागि राष्ट्रपति बन्नु पर्नेमा जोड दिइन् ।

भारतले हार्‍यो १ खर्व ७ अर्वको मुद्धा

अमेरिकामा कुनै चौरमा खेलिरहेको कालो केटो देखि सामान्य नागरिककी छोरी सम्म राष्ट्रपति बन्न सक्ने उदाहरण हिलारीले प्रस्तुत गर्ने समेत उनको भनाइ थियो ।