२१ मंसिर, काठमाडौं । ‘खुला टुँडिखेल’ अभियान पाँचौँ हप्तामा प्रवेश गरेको छ ।

प्राकृतिक प्रकोप, खेलकूद, सार्वजनिक कार्यक्रमलगायत विविध सांस्कृतिक गतिविधि गर्न टुँडिखेल र खुलामञ्चसमेत विगतमा उपयोग भएकामा हाल त्यहाँ अस्थायी संरचनाका कारण अवरोध सिर्जना भएको छ । त्यहाँ बसपार्कसमेत सञ्चालित छ ।

शनिबार विभिन्न खेलाडीको भेला गरी अभियानका बारेमा छलफल भएको थियो । खुलामञ्चमा बसपार्कसँगै अर्को भागमा टहरासमेत निर्माण गरिएको छ । टुँडिखेलमा निर्माण सामग्रीलगायत चिजबिज थुपार्न थालेपछि मुक्त टुँडिखेल अभियान शुरु गरिएको संयोजक विजय श्रेष्ठले जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने टुँडिखेलमा हाल अस्थायी संरचना बनाइएकाले वीर अस्पताल र दरबार हाइस्कुलको निर्माण सम्पन्न भइसकेपछि थुपारिएका निर्माण सामग्री हटाइने भएको बताउँदै आएका छन् ।