१९ कात्तिक, काठमाडौं ।

सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा थप विश्वास जागृत गराएको निष्कर्ष निकालेको छ ।

भारतीय टिभी अभिनेत्री भन्छिन्- मलाइ डग्गी स्टाइल मन पर्छ

आज बसेको मन्त्रिपरिषद् बैठकले मुखर्जीको तीन दिने राजकीय भ्रमणले दुई देशबीचको हार्दिकता अभिबृद्धि गरेको दावीसहित राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको तयारी सुरु गर्नुपर्ने निश्कर्ष निकालेको हो ।

prachanda Cabinet

मुखर्जीको स्वागत र सुरक्षाप्रति सन्तोष ब्यक्त गर्दै सरकारले भ्रमणले विदेशी राष्ट्रप्रमुखलगायतका विशिष्टको स्वागत र सुरक्षाका लागि नेपाल सक्षम रहेको सन्देश पनि दिएको निस्कर्ष निकालेको छ ।

देउवाको दिल्ली दौडले उब्जिएका २ खतराः गोवाबाट चीनलाई चिढ्याउँदै देउवा

मन्त्रिपरिषद् बैठकले निक्षेप तथा कर्जा सुरक्षण निगमको अध्यक्षमा अर्थ मन्त्रालयका राजश्व सचिव राजन खनाललाई र उपेक्षित उत्पीडित दलित वर्ग उत्थान समन्वय समितिको कार्यकारी निर्देशकमा डा. बुद्धिबहादुर नेपालीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

अरुणाचलमा चिनियाँ र भारतीय सेना आमने सामने

त्यस्तै, ख्वपः विश्व विद्यालयसम्बन्धी विधेयक संसदको विधायन समितिमा पठाउने निर्णय पनि गरिएको छ ।