२० साउन, एजेन्सी । भारत सरकारले जम्मू–कश्मीरलाई स्वायत्तता दिने संवैधानिक व्ययवस्था खारेज गरेको छ । भारतीय गृहमन्त्री अमित शाहले सोमबार संसद्को उच्च सदन राज्यसभामा नाराबाजीकाबीच प्रस्ताव प्रस्तुत गरे ।

भारतले जम्मू–कश्मीरलाई अब दुई प्रदेशमा विभागन गरिदिएसँगै विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । जम्मू–कश्मीरसँग सिमाना जोडिएको पाकिस्तानले पनि यो विषयमा आफ्नो प्रतिक्रिया दिइरहेको छ ।

पाकिस्तानी पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टोले एक ट्वीट गर्दै भनेका छन्, ‘भारतीय कश्मीरका मानिसहरुलाई लगातार अच्याचार भइरहेको छ । अतिवादी भारतीय सरकारको अवको चाल स्पस्ट छ । कश्मीरमा भारतको आक्रमकतालाई मध्यनजर गर्दै राष्ट्रपतिले संसदको संयुक्त बैठक तुरुन्त बोलाउनुपर्छ ।’

पाकिस्तानका चर्चित पत्रकार हामिद मीरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त राष्ट्रलाई मेन्सन गर्दै ट्वीटमा लेखेको छन, ‘भारत सरकारले संविधानको ३ सय ७० अनुच्छेद हटाउने निर्णय गरेर युद्धको आह्वान गरेको छ ।’