११ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान दिवसको दिन नेपाल नआउने खबर पठाएका छन् । संविधान दिवसको दिन प्रमुख अतिथीको निम्तो पठाएको नेपाल सरकारको जवाफ दिँदै मोदीले आफू नेपाल नआउने जनाएका हुन् ।

modi is coming to nepal again
भारतीय प्रधानमन्त्री मोदीसंग प्रधानमन्त्री केपी ओली । फाइल तस्विर

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणका आएका बेला प्रधानमन्त्री ओलीले उनीमार्फत् समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो पठाएका थिए । मोदी असोज २ गते अमेरिका जाने पूर्वनिर्धारित कार्यक्रम भएकोले नेपाल नआउने भएका हुन् । उनले असोज २ देखि ७ गतेसम्म अमेरिकाको विभिन्न राज्यको भ्रमण गर्ने भएका छन् ।

२०७२ संविधान निर्माणताका भारतीय प्रधानमन्त्री मोदी आफ्ना विशेष दुतका रुपमा संविधान घोषणाको मिति पर सार्नको लागि दबाव दिन अहिलेका विदेशमन्त्री सुब्रमन्यम जयशंकरलाई नेपाल पठाएका थिए । तर नेपाली नेतृत्वले त्यो दबावलाई नमानेर संविधान जारी गरेको थियो । संविधान जारी भएपछि भारतले नेपाललाई ६ महिनाको अघोषित नाकाबन्दी समेत लगाएको थियो ।