४ मंसिर, बिराटनगर ।

आन्दोलनरत मधेशी मोर्चका कार्यकर्ताले कडा हुने भनिएको आन्दोलन पुरानै शैलीमा नृशंस हुने संकेत गरेका छन् ।

बिराटनगर अस्पताल जाँदै गरेको एक एम्बुलेन्समा आन्दोलनकारीले विरामी र बच्चा भित्रै भएको बेला आक्रमण गरेपछि यस्तो संकेत गरेको छ ।

मोरश्रको रङ्गेलीबाट विरामी लिएर विराटनगर जाँदै गरेको एम्बुलेन्सलाई कटहरीमा रोकी मोर्चाका कार्यकर्ताले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मोरङले पुष्टी गरेको छ ।

भारतीय मिडियाको खुलासा- मधेशी नेताले भारतलाई भने तराइ भारतकै हो

मोर्चाले विहीबार जारी गरेको विज्ञप्तिमा आन्दोलनमा अत्यावश्यकीय सेवाका सवारी साधानलाई कुनै अवरोध नगर्ने जनाएको छ ।

मोर्चाका कार्यकर्ताले घाइते प्रहरी बोलेको एम्बुलेन्सबाट थुतेर सशस्त्र प्रहरीका अधिकृतको हत्या गरेपछि ब्यापक आलोचना भएको थियो ।