१६ मंसिर, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले मधेसी मोर्चाको सबै माग पूरा गर्न नसक्ने जवाफ दिएका छन् ।

विशेष कारण देखाउँदै प्रचण्डको पत्रकार सम्मेलन स्थगित

रोल्पा पुग्दा अर्थमन्त्री महरा घेरा बन्दीमा परे

सरकारले ल्याएको संविधान संशोधन विधेयप्रति मेधसी मोर्चाले स्वीकार नगर्ने बताएपछि प्रचण्डले सबै माग एक पटक पूरा गर्न नसकिने जवाफ दिएका हुन् ।

prachanda-with-morcha-and-congress-leader

प्रधानमन्त्री निवास वालुवाटारमा भएको सरकार र मोर्चाबीचको वार्तामा प्रचण्डले मधेशी मोर्चाका नेताहरुलाई सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको समर्थन गरेर निर्वाचनमा जान आग्रह गरेका छन् ।

ओली र देउवा चुक्दा तराई फुट्नेसम्मको खतरा

प्रधानमन्त्रीले भने,‘‘अहिलेको राजनीतिक समीकरण र परिस्थितिले मधेशी मोर्चाका सबै माग सम्बोधन गर्न सम्भव छैन, जति सम्भव छ, त्यसलाई प्रस्तावमा ल्याइएको छ । यसलाई समर्थन गर्नुस् र स्थानीय तहको निर्वाचनमा जाऔं ।’

दस प्रदेशको प्रस्ताव आए मान्छौं- यादव
मोर्चाका एक घटक तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सरकारले अहिले ल्याएको संविधान संशोधन विधेयक अपूर्ण रहेको बताए । उनले भने,‘हाम्रो माग सम्बोधन हुने गरी प्रस्ताव आएको छैन, हामीले दस प्रदेश भनेपनि सरकारले सात प्रदेशको प्रस्ताव ल्यायो कसरी मान्ने ?’ उनले मोर्चाले प्रस्तावलाई थप परिमार्जन सहित ल्याउन आग्रह गरेको बताए ।

mahendra ray yadav

‘यथास्थितिमा सरकारले ल्याएको संविधान संशोधन विधेयको पक्षमा मोर्चा छैन, हाम्रो माग पूरा नभएसम्म हामी चुनावमा पनि जादैनौ र चुनाव पनि हुन दिदैनौ ।’ उनले राज्य पुर्नसंरचना आयोगले गरेको सिफारिस अनुसार सात प्रदेश र दस प्रदेश बनाउने विषयमा जनमत संग्रह गर्नुपर्ने बताए ।

मनको लड्डु नखाए हुन्छ, संसोधन प्रस्ताव पारित हुँदैन- चित्रबहादुर केसी

सीमाकंनसँग भाषा नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्व लगायको विषयमा पनि आफूहरुले उठाएको माग सम्बोधन नभएको यादवले बताए ।