२९ मंसिर, रुपन्देही (तिलोत्तमा) ।

नयाँ शक्ति निर्माणका संयोजक डा बाबुराम भट्टराईले मधेसी मोर्चासँग सरकारले गर्ने वार्ता सार्थक बनाउन आफूले सहयोगी भूमिका खेल्ने बताएका छन् ।

उनले सरकारले तराई–मधेस आन्दोलनलाई सार्थक वार्ताबाट समाधान गर्न आफूले सहयोगीमा रुपमा काम गर्न तत्पर गरेको बताए । नयाँ शक्ति निर्माण अभियान रुपन्देही जिल्ला भेला आयोजक समितिले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले मुलुकको असहज परिस्थितिलाई समाधान गर्न आफू संवेदनशील रहेको बताए ।

Baburam Bhattarai mic talking

सरकार मधेसी मोर्चाका जायज मागलाई सम्बोधन गरी छिटो निकास दिन गम्भीर नभएको आरोप लगाउँदै उहाँले यही अवस्था लम्बिदै गए स्थिति नियन्त्रण बाहिर जानसक्ने चेतावनीसमेत दिए ।

सबैले वाह ! भन्ने बाबुरामको बोली

आफूले नेतृत्व गरेको नयाँ शक्तिमा ६० प्रतिशत नयाँ अनुहार हुने उनको दाबी थियो । उनले भने, “नयाँ शक्तिलाई सोच, विचार, कार्यशैली सबै हिसाबले जगैदेखि नयाँ बनाउने प्रयत्न हुनेछ ।” रासस

माओवादी पार्टी त्यागेसँगै डा. बाबुराम भट्टराई ‘जिउँदो लास’ भए: मन्त्री यादव