२४ जेठ, एजेन्सी ।

भारतका विभिन्न राज्य र नेपालमा म्यागी चाउचाउ माथि प्रतिबन्ध लागेपछि अव म्याक्रोनी र पास्ता पनि निगरानीमा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतको खाद्य सुरक्षा निकाय FSSAI ले अन्य चाउचा तथा म्याक्रोनी र पास्ता उत्पादनमा समेत निगरानी शुरु भएको जानकारी दिएको हो ।

macroni

भारत र नेपालमा विक्री हुने सबै भारतीय ब्राण्डका म्याक्रोनी र पास्तामाथि समेत अव परीक्षण गरिने भएको हो ।

कतिपय म्याक्रोनी र पास्ता अनुमति नलिइकन बजारमा पठाइएको समेत पाइएको समाचारमा उल्लेख छ ।