-साउन १०, एजेन्सि

शनिबार स्यान्टा क्लारा, क्यालिफोर्निया भएको अन्तर्राष्ट्रिय च्याम्पियन्स कपको खेलमा म्यान्चेस्टर युनाइटेडले बार्सिलोनालाई ३-१ को स्कोरले हराएको छ। यो जितसँगै म्यानचेस्टर युनाइटेडले आफ्नो अपराजित रहेको प्रि-सिजनको रेकर्डमा एक जित अझै थपेको छ।

खेलको १० मिनेट पुगेपछि ‘एशलि यङ्ग’को कर्नर किकमा ‘वेन रुनि’ले हेडर गोल गरेर खेलको पहिलो गोल गरेका थिए। त्यसपछि खेलको दोस्रो भागमा ‘जेसि लिन्गार्ड’ र ‘एड्नान जानुजाज’ले पनि म्यानचेस्टर युनाइटेड तर्फ एक एक गोल थपेका थिए।

manchester united (1)सो खेलमा बार्सिलोनाको फर्वर्डबाट खेल्ने २ मुख्य खेलाडि ‘लियोनेल मेस्सी’ र ‘नेमार’ अनुपस्थित थिए। साथै बार्सिलोनाकै ‘क्लाउडियो ब्राभो’, ‘जाभियर मासिएरानो’ र ‘डानि एल्भेस’ पनि सो खेलमा देखिएका थिएनन्।

बार्सिलोनाले आफ्नो तर्फबाट उत्कृष्ट खेलको प्रदर्शन गरेको थियो। धेरै गोल गर्ने मौका पाए पनि बार्सिलोनाले गोल गर्न सकेको थिएन। खेलको अन्तिम घडिमा बार्सिलोनाका ‘राफिनिया’ले १ गोल गरेका थिए जसले बार्सिलोनाका समर्थकहरुमा केहि आश ल्याएको थियो। तर त्यसको केहि क्षणपछि म्यान्चेस्टर युनाइटेडका ‘एड्नान जानुजाज’ले फेरि १ गोल गरेपछि खेलको स्कोर ३-१ भएको थियो।

manchester united (3)अहिलेसम्म म्यान्चेस्टर युनाइटेडले अन्तर्राष्ट्रिय च्याम्पियन्स कपको प्रि-सिजन खेलहरुमा ३ खेलमा ३ जित हात पारिसकेको छ भने बार्सिलोना को २ खेलमा १ जित मात्र रहेको छ।

यो पनि हेर्नुहोस-

बार्सिलोनाका पेड्रो म्यानचेस्टर युनाइटेडबाट खेल्ने