एजेन्सी ।

केही वर्ष अघि नै पनाती पनतिनाकी हजुर आमा बनिसकेकी एक ९९ वर्षीया वृद्धा महिलालाई बेलायतको एक अस्पतालले गर्भवती भएको घोषणा गरेपछि यो रिपोर्टले हंगामा गरेको छ ।

वेष्ट ससेक्सको बवग्नोर रेगिसमा बस्ने ९९ वर्षकी डोरियाएलिङलाई अस्पतालले गर्भबती घोषणा गरेको हो । फेरहाम कम्युनिटी अस्पतालबाट उनलाई गर्भवती भएको जानकारी चिठी मार्फत दिइएको थियो ।

doris pregnant at 99

उनलाई चिठीको साथमा गर्भवतीलाई राखिने युनिटमा बोलाइएको थियो ।

रमाइलो कुरा त उक्त चिठीमा उनको जन्ममिति समेत दुरुस्त उल्लेख थियो ।

डोरिस आगामी नोभेम्बर महिनामा १०० वर्षकी हुँदैछिन् । उनका ३ सन्तान, ७ नाती तानिता र १३ पनाती पनातीना समेत भैसकेका छन् ।

आफू जाँदै नगएको अस्पतालले आफूलाई यस्तो पत्र पठाएपछि हजुरआमा डोरिस तीन छक परेकी छिन् । लामो बहस र विवाद पछि अस्पतालले भुलबस गलत ब्यक्तिलाई चिठी गएको स्वीकार गरेको छ । अस्पतालले माफी समेत मागेको छ ।