१९ बैशाख, काठमाडौं ।

आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदैछ । १ सय २७ औं दिवसका अवसरमा विभिन्न मजदुर संगठनले अन्तरक्रिया, चेतनामुलक र्‍याली जस्ता कार्यक्रम आयोजना गरेका छन् ।

आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखेर सन् १८ सय ८६ मे १ मा अमेरिकाको शिकागो शहरमा मजदुरले बलिदानपूर्ण संघर्ष गरेका थिए । सो आन्दोलन विश्वभर फैलिएपछि सन् १८ सय ८९÷९० बाट विश्वभर मे दिवस मनाउन थालिएको हो । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

PM KP oli speaking Mic Potrait

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको मे दिवस बिशेष भएको बताएका छन् । अन्तराष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भुकम्पले पुर्‍याएको क्षतिपछिको अवस्था र असोज ३ गते जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएपछिको अवस्थाका बीच श्रमिकको प्राथमिकता परिवर्तन गर्न यो दिवस बिशेष भएको बताएका हुन् ।

ओलीको बोलीलाई नङ्ग्याउने २ कार्टुन

अहिलेको प्रमुख चिन्तन र ध्यान बर्ग संघर्षका लागि नभएर उत्पादनका लागि हुनुपर्ने प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। आधारभूत रुपमा अधिकार संस्थागत भइ समृद्धिको दिशामा अघि बढ्दै गरेको हाम्रो जस्तो मुलुकमा अबको प्राथमिकता उत्पादनका लागि गरिने संघर्ष हुनुपर्ने उनको ठम्याइ छ।

नरेन्द्र मोदीको पढाइ कति ? सार्वजनिक भयो कागजात

प्रधानमन्त्रीले सन्देशमा श्रमिकहरुका लागि ८÷८ घण्टा काम–आराम र मनोरन्जन भनेर मात्रै नपुग्ने भन्दै भुकम्पछिको पुनर्निर्माण र संविधान कार्यान्वयनमा कार्यसूची तय गर्न सबैलाई आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले झण्डै ४० लाख नेपाली श्रमिकहरु विश्वका विभिन्न मुलुकमा श्रम बेचिरहेका कारण मुलुकमा श्रम अभाव भएको बताए । “म बनाउँछु मेरो देश” भन्ने संकल्पका साथ आम नेपाली श्रमिकहरुलाई पुनर्निर्माण र नवनिर्माणको अभियानमा सहभागी हुन पनि प्रधानमन्त्री ओलीले आह्वान गरेका छन् ।