२६ मंसिर, काठमाडौं । सुदर्शनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ ।

गीतको भिडियोमा फिल्म मुख्य पात्र नायिका पूजा शर्मा र नायक पल शाहलाई फिचरिङ गरिएको छ । पल र पूजाको जोडीलाई दर्शकले ‘म यस्तो गीत गाउँछु’मा रुचाइसकेका छन् । ‘प्रेमगीत, म यस्तो गीत गाउँछु’मा जस्तै संगीतकार अर्जुन पोखरेल र निर्देशक सुर्दशन थापाको टिमअप यसमा पनि गज्जबको देखिएको छ ।

यो गीतको छायांकन करिब ७ दिन लगाएर नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा गरिएको छ । भिडियोलाई लोकेशन, कलाकारको ड्रेसअप र रामजीको कोरियोग्राफीले उत्कृष्ट बनाएका छन् । हेरौँ भिडियोः