मंसिर, काठमाडौं।
तराइ मधेसवाट प्रतिनीधित्व गर्ने नेपाली कांग्रेसका सांसदले संविधान संशोधन विधेयकलाई प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले राष्ट्रघातको संज्ञा दिएकोमा आपत्ति जनाएका छन् ।

मोर्चाको काउन्टर प्रस्तावपछि कड्किए प्रचण्ड – सबै माग पूरा गर्न सकिदैन !

तराई मधेसवाट प्रतिनिधित्व गर्ने २७ जना सांसदले संयुक्त विज्ञप्ति जारी गर्दै संसोधन विधेयक प्रक्रिया रोक्ने गरी संसद अवरुद्ध गर्नु र सडक आन्दोलन गर्नु समस्या समाधान भन्दा चर्काउने किसिमको भएको दावी गरेका हुन् ।

एमालेको कारण लोकमान विरुद्धको महाअभियोग प्रस्ताव धरापमा !

एमालेका पछिल्ला गतिविधिले उ स्वयम निर्वाचनको पक्षमा नभएको सन्देश दिएको उनीहरुको दावी छ । उनीहरुले मधेसी जनताको माग अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त विधेयक दर्ता गराएको भन्दै संशोधनको स्वागत समेत गरेका छन् ।

बामदेवको प्रश्न- प्रधानमन्त्रीले यसो भन्न मिल्छ ?

विज्ञप्तिमा फर्मुल्लामन्सुर, महेन्द्र यादव, किरण यादव, तेजुलाल चौधरी, रामचन्द्र चौधरी, गणेशकुमार मण्डल लगायत सांसदले हस्ताक्षर गरेका छन् ।