२ चैत, काठमाडौं ।

टी-२० विश्वकप आज देखि भारतमा शुरु हुँदैछ । सबैभन्दा चीर परिचित प्रतिद्वन्दी भारत र पाकिस्तानबीचको खेल सबैले प्रतिक्षा गरिरहेका छन् ।

भारत र पाकिस्तान सहित यो प्रतियोगितामा १० देशको सहभागिता छ । भारत र पाकिस्तानमा भने यी २ देशबीचको खेलमा कस्ले जित्ने र कस्ले हार्ने भन्ने अनुमानको होडवाजी चलिरहेको छ ।

यस अघि धर्मशालामा हुने भनिएको खेल पाकिस्तानले सुरक्षाको कारण देखाउँदै उपस्थित हुन नसक्ने जनाएपछि कोलकाताको ईडन गार्डेनमा सारिएको थियो ।

Bangladesh Asia Cup Cricket

१९ मार्चमा भारत र पाकिस्तान ईडन गार्डेनमा आमने सामने हुनेछन् । यस अघिको आँकडा हेर्ने हो भने भारतीय मिडियाहरुले ईडन गार्डेनमा हुने खेलमा पाकिस्तानलाई फाइदा हुन सक्ने अनुमान गरेका छन् ।

भारत र पाकिस्तानबीच विश्वकपमा अहिले सम्म टी-२० र १० पटक भिडन्त भएको छ । त्यसमध्ये ईडन गार्डेनमा भएका खेल सबैभन्दा प्रतिस्पर्धात्मक खेल भएका छन् ।

india vs pakistan match 11155938

हाल सम्म यो मैदानमा ४ पटक निक्कै प्रतिस्पर्धात्मक भिडन्त गरेका भारत र पाकिस्तान हावी देखिने गरेको छ । यसकै कारण पनि यस पटकको विश्वकपमा पाकिस्तानले भारतलाई हराउन सक्ने अनुमान गरिएको छ ।

भारतीय मिडियामा ईडन गार्डेनमा खेल सारिनु भारतलाई घातक हुन सक्ने अनुमान गरिएको छ ।

भारतीय मिडियामा प्रश्नः भारत पाकिस्तानसँग झुकेकै हो !

१० लाख भन्दा बढी गुगल सर्च गरियो भारत पाकिस्तान क्रिकेट म्याच

भारत हारेमा कपडा खोलेर नाच्ने पाकिस्तानी अभिनेत्रीको घोषणा (भिडियो सहित)