काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का एक्ला छोरा साकार दाहाल उर्फ प्रकाश र ‘कान्छी’ बुहारी विना मगर कानुनी दृष्टिमा सजायका भागेदार हुन् । किनकि, प्रकाश र विना दुवै बहुविवाहका दोषी हुन् ।

प्रचण्डले बिना मगरका बाबु आमासँग भेट्दा गालीको वर्षा

प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएसँगै प्रकाश र विनाको सम्बन्धलाई वैधानिकता दिएको पाइएको छ । २० साउनमा प्रचण्डले प्रधानमन्त्री पदको शपथ लिएसँगै विनाले ‘कान्छी’ बुहारीको वैधानिकता पाएकी हुन् । शपथ ग्रहणपछि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रमुखसँग प्रचण्ड परिवारले खिचेको सामूहिक तस्बिरले विनाले वैधानिकता पाएको प्रमाणित गरेको हो ।

Prachanda Family Bina Included

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का एक्ला छोरा साकार दाहाल उर्फ प्रकाश र ‘कान्छी’ बुहारी विना मगर कानुनी दृष्टिमा सजायका भागेदार हुन् । किनकि, प्रकाश र विना दुवै बहुविवाहका दोषी हुन् । मुलुकी ऐनको बिहेवारीको महलमा बहुविवाहका दोषीलाई १ वर्षदेखि ३ वर्षसम्म कैद र ५ हजारदेखि २५ हजार रुपियाँसम्म जरिवाना र दुवै सजाय हुन सक्ने उल्लेख छ ।

विनासँग प्रकाशको तेस्रो विवाह हो । प्रकाशले पोखरा हेम्जाकी सृजना त्रिपाठीसँग दोस्रो विवाह गरेका थिए ०६४ मा । जसबाट एक छोरासमेत छन् । तर, ०६८ मा प्रकाश–विनाको समूहलाई सगरमाथा आरोहण गर्ने भूत सवार भएपछि यी दुईबीच अनेक किस्सा सुरु भए र अन्तत: दुवैले आ–आफ्ना जीवनसाथीलाई लत्याउँदै भागी विवाह गरे । यसर्थ कानुनले त उनीहरूलाई वैधानिकता दिएको छैन नै, प्रचण्ड परिवारले समेत औपचारिक रुपमा वैधानिकता दिएको देखिएको थिएन ।

यी हुन् रवि लामेछानेलाई हटाउन प्रचण्डलाई बाध्य पार्ने २ पात्र

रोचक के भने बहुविवाहका दोषीलाई कानुनी फैसला गर्ने निकायकी प्रमुख प्रधानन्यायाधीश सुशीला कार्की, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख ओनसरी घर्ती कुर्सीमा बसेका छन् भने प्रचण्ड पत्नी सीता, छोरा प्रकाश, माहिली छोरी रेणु, कान्छी छोरी गंगा, रेणुका सानो छोरा, विना र उनको कोखबाट जन्मिएको छोरो, माइलो ज्वाइँ अर्जुन पाठक, कान्छो ज्वाइँ (यिनी पनि दोस्रो ज्वाईँ हुन्) जीवन आचार्य र उनीहरूका सन्तानसहित फोटो ‘सुट’ गरिएको छ ।

प्रचण्ड प्रधानमन्त्री निर्वाचित हुनुअघि प्रकाश–विना ललितपुरको सुनाकोठीमा बस्दै आएका थिए । बाबुको सचिवालयमा पुन: प्रवेश पाएपछि उनी बिहान ८ बजेअघि नै लाजिम्पाटस्थित निवासमा भित्रिसकेका हुन्थे भने बेलुकी बाबु घर पसेपछि सुनाकोठीतिर लाग्थे । रमाइलो के भने प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेसँगै विनाले पनि त्यहीँ भित्रिने अवसर पाएकी छिन् ।

प्रधानमन्त्रीको सचिवालयमा कार्यरत एक स्वकीय सचिव भन्छन् “विनाजी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्न थालेकी छन् । हामीलाई कतिपय कामको निर्देशन उनले नै दिन्छिन् ।”

अनौठो सर्वेक्षणः कुन देशका महिलाको बक्षस्थल र पुरुषको यौनाङ ठूलो

प्रचण्ड अघिल्लो पटक प्रधानमन्त्री निर्वाचित भएपछि भतिज समीर दाहालले उद्योगी–व्यवसायीसँग भेटघाटको चाजोपाँजो मिलाउँथे । यही विषयमा प्रकाश र समीरको सम्बन्ध चिसियो । कालान्तरमा समीर सचिवालयबाट हटाइए । यस पटक भने अघिल्लो पटक समीरले गर्दै आएका कामको जिम्मेवारी विनाले लिएकी स्रोत बताउँछ । प्रकाशसँग सम्बन्ध गाँस्नुअघि विना अनेरास्ववियु क्रान्तिकारीको सचिवालय सदस्य र सरस्वती क्याम्पसको स्ववियु सभापति थिइन् । उनको शंकर अधिकारीसँग विवाह भएको थियो ।

किन भएन कार्वाही ?
प्रहरी अधिकारीहरूले प्रकाश–विनाले बहुविवाह गरेको औपचारिक उजुरी नपरेकाले पक्राउ गरी अदालतमा पेस गर्न नसकिएको बताउने गरेका छन् । श्रीमान्ले बहुविवाह गरेको भनी जेठी श्रीमतीले उजुरी दिएपछि मात्रै कानुनी कारबाही अघि बढाउने अभ्यास छ । प्रकाशकी श्रीमती सृजना त्रिपाठीले यस्तो उजुरी दिएकी छैनन् । अधिवक्ता वासुदेव शर्माका अनुसार कानुनको आशय भनेको कसैले कानुन मिच्यो भन्ने थाहा पाएपछि राज्य पक्ष स्वयंले नै कार्बाही गर्नुपर्ने हो । “राज्य उदासीन भएर अघिल्ली श्रीमतीलाई उजुरी गर्न बाध्य पार्ने अभ्यासले पीडितलाई थप बाधा पुर्‍याइरहेको छ,” अधिवक्ता शर्माको कथन छ, “आफू उजुरी गर्न नसक्ने तर कानुनी कार्बाही भइदिए हुन्थ्यो भनेर चाहने पीडित थुप्रै हुन्छन् । आफैँ उजुरी गर्न जाँदा पीडितले नै दोहोरो मार खेप्नुपर्ने भएकाले न्याय पाउन कठिन भइरहेको छ ।”

स्रोतका अनुसार ससुरा प्रचण्डको दबाबका कारण बुहारी सृजनाले प्रकाशविरुद्ध औपचारिक उजुरी गर्न नसकेकी हुन् । सुरुमा प्रचण्डले लाजिम्पाट निवासमै सृजनालाई सम्झाएका थिए भने पछि हेम्जा नै पुगेर उजुरी नगर्न दबाब दिएका थिए । संयोग प्रचण्डको ससुराली पनि हेम्जा नै हो । प्रकाश–विना फरार भएपछि प्रचण्डले छोरालाई पार्टी सदस्यबाट निलम्बन गरेको र स्वकीय सचिवालयबाट हटाएको विज्ञप्ति सार्वजनिक गरेका थिए । यसपछि प्रकाशले झन्डै डेढ वर्ष जति गुमनाम जीवन बिताए । झन्डै दुई वर्षदेखि प्रचण्डले प्रकाशलाई पुन: आफ्नो सचिवालयमा भित्रयाएकोमा पछिल्लो पटक प्रधानमन्त्री निर्वाचित भएपछि स्वकीय सचिव बनाएका छन् ।

नेपाल साप्ताहिकबाट साभार