२ भदौ, एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्मा अहिले चर्चामा छिन् । सोमबार बिहान सामाजिक सञ्जालमा एक तस्बिर राखेपछि उनको एकाएक चर्चा भएको हो ।

उनले सामाजिक सञ्जालमा समुन्द्रको किनारमा बसेर एक तस्बिर राखेकी छन् । तस्बिरमा उनी एकदमै बोल्ड देखिएकी छन् । उनले सुन्तला र सेतो रङ मिसिएको बिकिनी लगाएकी छन् ।

अनुष्काले यस्तो तस्बिर राखेपछि धेरैले उनको तस्बिरसँगै ‘भिएलसी मिडिया प्लेयर’को फोटो पोस्ट गर्दै ‘फरक छुट्याउनुहोस्’ भनेका छन् ।

कतिपय प्रयोगकर्ताले भने रोटी खाने गर भनी सुझाव दिएका छन् । पछिल्लो समय उनी एकदमै दुब्लाएकी छन् ।