१७ भदौ, एजेन्सी । भारतीय युवतीसँग प्रेम गर्ने क्रिकेटरहरुको सूचीमा अस्ट्रेलियाका अलराण्डर ग्लेन म्याक्सवेलको नाम पनि जोडिएको छ । म्याक्सवेल पछिल्लो दुई वर्षदेखि भारतीय मुलकी युवतीसँग प्रेममा छन् ।

उनीहरु विवाह गर्न चाहिरहेको खुलासा भारतीय मिडियाले गरेको छ । भिनी अस्टे्रलियाको मेलबर्नमा बस्दै आएकी छन् । उनको इंस्टाग्रामका अनुसार उनी मेडिकल प्रोफेसनमा छिन् । भिनीको इंस्टाग्रामा म्याक्सवेलसँगको घुघामका तस्बिरहरु पनि देखिएका छन् । केहीदिन अघि भएको अस्ट्रेलियन क्रिकेट बोर्डको अवार्ड कार्यक्रममा पनि उनीहरुलाई सँगै देखिएको थियो ।

हुन त भारतीय मुलकी वा भारतीय युवतीसँग प्रेममा पर्ने म्याक्सवेल पहिलो अस्ट्रेलियन क्रिकेटर होइनन् । यसअघि सन ट्याटले पनि भारतीय मुलकी युवतीसँग प्रेम विवाह गरेका थिए । २०१४ मा ट्याटले मासुम सिंघासँग विवाह गरेका थिए । उनीहरु आईपीएलको क्रममा भेटेका थिए ।