एजेन्सी ।

यही संसारमा यस्ता पर्यटकीय देश छन् जहाँ लाखौं मानिस वर्षेनी पर्यटककोरुपमा पुग्छन् । तर यही विश्वममा यस्ता देश पनि छन् जहाँ जान मानिस डराउँछन् ।

संसारका ५ डरलाग्दा स्थान जहाँ गयो कि ज्यान गयो..(फोटो फिचर)

यहाँ विश्वका सबैभन्दा खतरनाक देशको चर्चा गरिएको छ ।

सूडान
अफ्रिकी देश सुडान भुकमरी तथा नरसंहारका कारण असुरक्षित मानिन्छ । यो पनि संसारका खतरनाक देशको सूचीमा अग्रस्थानमा छ । यहाँ पुग्ने पर्यटकहरु हराउने र मारिने घटना धेरै भएका छन् ।

south sudan 3138510

लेबनान
लेवनान पनि विश्वका सबैभन्दा खतरनाक देशको सूचीमा छ । यहाँ सक्रिय हेजबुल्ला नामको इस्लामिक अतिबादी संगठनका कारण लेवनान असुरक्षित देश बन्न पुगेको हो । यहाँ पर्यटकको भ्रमण असुरक्षित मानिन्छ ।

उत्तर कोरिया
उत्तर कोरिया पनि संसारका असुरक्षित देशको सूचीमा छ । उत्तर कोरियामा विदेशीहरुमाथि बोली चाली देखि हिँडडुल सम्म निगरानी राखिन्छ । यहाँ पर्यटकहरुलाई एक्लै घुम्न र तस्विर खिच्न समेत मनाही छ ।

N Korea Kim Order

सीरिया
सिरिया पछिल्लो ५ वर्ष देखि संसारमा सबैभन्दा असुरक्षित देश बन्न पुगेको छ । गृहयुद्धमा फसेको सिरियामा इस्लामिक स्टेट देखि यहाँका लडाकुका कारण हजारौं मानिस मारिइसकेका छन् । अहिले सिरिया करिव करिव पर्यटक निषेधित देश मानिन्छ ।

Syria war dead

यमन
यमन पनि वर्षौं देखि अस्थिर देश हो । यहाँको सुरक्षा अवस्था सबैभन्दा कमजोर मानिन्छ । आतंकबादी घटनाका कारण यो देश पनि संसारका सबैभन्दा खतरनाक र असुरक्षित देशको सूचीमा छ ।

yeman war

लिबिया
विद्रोहरुले मोआमर गद्धाफीलाई सत्ताच्युत गरेपछि विक्षिप्त बनेको यो देशको सुरक्षा अवस्था पनि निक्कै कमजोर छ । यहाँ पर्यटकहरु जान डराउँछन् ।

libiya police school bomb

अफगानिस्तान
अफगानिस्तान पनि संसारकै सबैभन्दा कमजोर सुरक्षा अवस्था भएको देश हो । यहाँ आतंकबादी गतिविधीका कारण विदेशी पर्यटकहरु मारिने घटना धेरै हुन्छन् । केही समय अघि १४ जना नेपालीहरु समेत अफगानिस्तानमा मारिएका थिए ।

afghan attack on nepali sucurity guard feature

इराक
इराक पनि संसारका खतरनाक देशमा पर्छ । यो देश पनि आतंकबादको चपेटामा परेको छ । विश्वमा हिंसाबाट अत्याधिक मानिसको मृत्यु हुने देशमा इराक पनि पर्छ ।

Iraq Baghdad 15026018

भारतलाई मुशर्रफको चेतावनी- पाकिस्तानलाई नेपाल जस्तो नठान
पाकिस्तानसँग रहेका ७ हतियारः जुन देखेर भारत तर्सिन्छ (फिचर)
संसारमा रहेका १० सबैभन्दा खतरनाक हतियार