१९ भदौ, एजेन्सी । पछिल्लो समय सुनको मूल्यमा धमाधम बढिरहेको छ । पछिल्लो एक महिनामा सुनको मूल्यमा लगातार भइरहेको वृद्धिले अहिले सुन किन्न सक्ने अवस्था छैन । उसो त सुनको मूल्य बढ्नुमा अमेरिका र चीनबीचको ब्यापार युद्धको साथै अन्य शक्तिराष्ट्रहरुले सुन थुपार्नुलाई पनि लिईएको छ । आज हामी कुन देशले कति सुन मौज्दात राखे भन्नेबारेमा बताउन गइरहेका छौं ।

–सबैभन्दा बढी सुन थुपार्ने राष्ट्र अमेरिका हो । उसले आफ्नो सुन भण्डारणमा ८ हजार १ सय ३३ दशमलव ५ टन सुन मौज्दात राखेको छ ।
–यस्तै विश्वको सबैभन्दा बढी सुन मौज्दात राख्ने देशहरुको सूचीमा जर्मनी दोश्रो स्थानमा आउँछ । फोर्ब्समा प्राप्त रिपोर्टअनुसार जर्मनीसँग ३ हजार ३ सय ७१ टन सुन छ ।
–इटली सुन थुपार्ने देशहरुको सूचीमा तेश्रो स्थानमा छ । यो देशसँग २ हजार ४ सय ५१ दशमलव ८ टन सुन मौज्दात रहेको अमेरिकी आर्थिक पत्रिका फोर्ब्सको सूचीको दाबी छ ।
–त्यसैगरी फ्रान्स विश्वको चौथो सबैभन्दा बढी सुन थुपार्ने देश हो । यहाँ २ हजार ४ सय ३६ टन सुन थुपारिएको छ ।
–रुससँग पनि सुनको चाचचुने मौज्दात छैन । यो देशसँग १ हजार ९ सय ९ दशमलव ८ टन सुन छ ।
–चीन सबैभन्दा बढी सुन थुपार्ने सूचीको छैटौं स्थानमा छ । फोर्ब्सका अनुसार चीनसँग १ हजार ८ सय ४२ टन सुन छ ।
–विश्वको सबैभन्दा बढी सुन जम्मा गर्ने देशहरुको सूचीमा स्वीट्जरल्याण्ड सातौं स्थानमा छ । स्वीट्जरल्याण्डसँग १ हजार ४० टन सुन मौज्दात छ ।
–बढी सुन मौज्दात गर्ने देशको सूचीमा जापान आठौं स्थानमा पर्छ । जापानसँग ७ सय ६५ दशमलब २ टन सुन छ । विश्व अर्थतन्त्रको तेश्रो ठूलो देश भएर पनि जापानसँग सुन कम छ ।
–युरोपेली देश नेदरल्याण्डसँग पनि सुनको मौज्दात धेरै नै भएको पाइन्छ । यो देशसँग ६ सय १२ दशमलव ५ टन सुन रहेको फोर्ब्सको सूचीमा छ ।
–सूचीको दशौं स्थानमा नेपालको छिमेकी देश भारत रहेको छ । भारतसँग ५ सय ६० दशमलव ३ टन सुन छ । भारतमा विशेषत चाडपर्व, विवाह र अन्य कार्यहरुको लागि सुनको प्रयोग गर्छन् ।