अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा आगामी जनवरी २० का दिन ह्वाइट हाउस छोड्दैछन् । उनी काला जातिबाट आएका पहिलो राष्ट्रपति हुन् । जानौँ उनले आफ्नो कार्यकाल भरि के–कस्ता महत्वपूर्ण काम गरे वा गरेनन् ।

barak obama pointing

१. कालो जातिबाट पहिलो राष्ट्रपति – बाराक हुसेन ओबामाका बारेमा यदि इतिहासकारहरु लेख्न चाहन्छन् भने उनी अमेरिकामा दासत्व अन्त्य भएको १४३ बर्षपछि कालो जातिबाट आएका पहिलो एक शक्तिशाली युवा राष्ट्रपति बने ।

२. ओसामा विनलादेनको हत्या – ‘आजराति म अमेरिकी नागरिक तथा पुरै विश्वलाई ओसामा विनलादेनको हत्या बारे चिरफार गरेको छ भन्न सक्छु ।’ यही बोल्दै सन् २०११ मे २ का दिन ओसामा विन लादेनप्रति हजारौँ अमेरिकी नागरिकको रिस र निराशालाई अन्त्य गरिदिएका थिए । उनले पृथ्वीको सबैभन्दा शक्तिशाली राष्ट्रले ९/१० वटा भयानक आक्रमणका जिम्मेवार व्यत्तिलाई राखिरहन सकेन भन्दै ओसामा विनलादेनको हत्याको पुष्टि गरेका थिए ।

३. संयूक्त राज्य अमेरिकाको पतनको ?– आलोचकहरुले ओबामाको नीति र निर्णय बारेमा लामो तर्क गर्नेछन् । ओबामाका कारण स्लामिक स्टेट ग्रप मौलायो, अमेरिकामा आप्रवासीको आवत–जावत बढ्यो । जसले गर्दा युरोपलाई निष्क्रिय पार्यो र रुस र इरानलाई क्षेत्र विस्तार गर्न दियो । यी यस्ता कामले ओबामाको निकै आलोचना हुनेछ ।

४. इरानसँगको आणविक सम्झौता – संयुक्त राज्य अमेरिकाले दुई दशकका लागि इरानसँग आणविक सम्झौता प्रतिवन्ध गरेको थियो र इरानलाई आणविक हतियार प्राप्त गर्नबाट निषेध गरेको थियो । तर, ओबामाले स्लामिक नागरिकसँग गोप्य कुराकानी गरी फरक उपाय अपनाए । ओबामाले इरानसँग ऐतिहासिक आणविक सम्झौता गरेका थिए ।

५. आर्थिक मन्दी – ओबामाको पहिलो कार्यकालमा आर्थिक मन्दी हावी थियो । उनले अमेरिकालाई आर्थिक मन्दीको रेखाबाट माथि उठाएका छन् । पूर्वराष्ट्रपति जर्ज डब्लु बुस र संघीय आरक्षितले सरकार (ओबामा)को पहिलो आतंक प्रयासलाई सुरुमै बर्खास्त गरेको थियो, तर ओबामाले ठूलो आर्थिक प्रोत्साहनका लागि सबै मान्यताको सामना गरे । ओबामाले मध्यम वर्गलाई मद्दत गर्दै धनीलाई निशाना बनाए । जसले गर्दा अमेरिकामा आर्थिक मन्दी हट्यो ।

६. दलगत शत्रुता – बाराक ओबामा प्रधानमन्त्रीमा चुनिएको समयदेखि ‘रिपब्लिकन कंग्रेस’ पार्टीले उनको विरोध गर्ने बाचा गरे । ‘गन्टानोमो बे’लाई जेलमा थुन्ने प्रयास गर्नु र न्युटोनमा २०१२ नरसंहार युवा विद्यार्थीलाई नियन्त्रणपछि उनको राष्ट्रपतित्वको भावनात्मक विन्दु दलगत शत्रुताको शिकार बनेको थियो ।

७. क्युवा भ्रमण – ओबामाको क्यवा भ्रमणलाई ‘रिचार्ड निक्सोन’को चीन भ्रमण जत्तिकै सम्झिइने छ । तर, वास्तवमा यो अमेरिका र अफ्रिकाको सम्बन्ध सुधारका लागि निकै ठूलो प्रयास रहेको थियो । क्युबामा सन् १९५९ मा भएको क्रान्तीपछि त्यहा पुग्ने उनी पहिलो बहालवाला अमेरिकी राष्ट्रपति हुन् ।

८. जलवायु सम्झौता – ओबामाको ८ कार्यकालभित्रै चीनसँग जलवायु परिवर्तनसम्बन्धि सम्झौता अनुमोदन गरी लागु गर्ने प्रयास गरे । ओबामाले आफ्नो कार्यकालमा सामुन्द्रिक परिस्थितिक संरक्षणको वातावरणीय कानुन, कार्बन उत्सर्जन नियन्त्रण तथा नवीकरणीय ऊर्जा बढाउने प्रयास गरे ।

९. ओबामा केयर – ओबामाले स्वास्थ्य सेवा सहुलियत दिने गरी ‘ओबामा केयर’ स्वास्थ्य विधेयक ल्याएका थिए । ओबामा यस कामलाई अघि बढाउन सफल बनेनन्, तर उनले लाखौँ नागरिकको चिन्ता हटाई स्वास्थ्य बिमा विस्तार गरे जसको बिमा थिएन । रिपब्लिकन पार्टीका नेताले ‘ओबामा केयर’ विधेयकलाई निश्क्रिय पार्ने बताए पनि उनिहरु असफल बने ।

१०. सामाजिक असमानता – अमेरिकाको पहिलो कालो जातिका राष्ट्रपतिले जातिय असमानताबाट देशलाई माथि उठ्न सहयोग गर्ने धेरैले आशा राखेका थिए । तर, जुन आशा राखेर भोट हालेर उनलाई जिताए, धेरैजसो आबोमाप्रति निराश बने ।

यो पनि पढ्नुस्:
ओबामाको विदाई भाषणको बखत कहाँ थिइन छोरी साशा?  भिडियो
अमेरिकी राष्ट्रपति ओबामाको विदाई मन्तव्य, यसरी खोले आफ्नो सफलताको कथा
जाँदा जाँदै बाराक ओबामालाई ‘लज्जित’ बनाए पुटिनले