७ माघ, काठमाडौँ।

पछिल्लो समयमा युएईमा नेपाली कामदारको मृत्युदर पनि बढ्दै गएको छ । यसैगरि काममा दुर्घटनमा पर्ने र अन्य समस्यामा पर्ने क्रम बढ्दै गएपछी एनआरएन युएईले जनचेतना कार्यक्रम नै ल्याएको छ।

नेपाली दुतावासले समन्वय गर्ने गरि यही आउँदो फब्रुअरी महिनालाई सचेतना महिनाका रुपमा मनाउन लागेको हो। युएईमा नेपालीहरु मादक पदार्थ बढी सेवन गर्ने, नशामा गाडी चलाउने, साथी भाइसंग झगडा गरि दुर्घटना भएको घटना बढ्न थालेकाले पनि युएईमा सचेतना कार्यक्रम ल्याउन लागिएको हो।

UAE tower

युएईमा रहेका नेपालीहरु जानेर वा नजानेर विभिन्न समस्यामा पर्ने गरेको भन्दै एनआरएन युएईले ले त्यहाँ बसेर गर्न नहुने कार्यहरुको सुचिनै तयार पारेको छ।

१) यूएई सरकारको धर्म वा अरु कुनै धर्मको अपहेलना र बर्खिलाप गर्न पाइने छैन ।

२) यूएई सरकारको मुख्य पर्व रमजान वा रमदानको समयमा निषेधित समय अवधिभरि वा रोजा नखुलेसम्म कुनै पनि चिज खुल्लारूपमा बाहिर खान पाइने छैन ।

३) हरेक महिलाहरुलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्नेछ । कुबिचार वा कुदृष्टि राखी कुनै पनि काम गर्नु दण्डनीय हुनेछ ।

४) लोभलालचमा परी लामो हात गर्ने वा चोरी गर्ने अथवा चोर्ने मनसायले कुनै पनि क्रियाकलाप समेत गर्नुहुँदैन । किनकि यहाँ उच्च प्रविधियुक्त सिसी क्यामेराबाट मनिटरिङ गरिन्छ ।

५) निश्चित एरियाभन्दा बाहिर जतासुकै खुल्लारूपमा धुम्रपान गर्न पाइँदैन । खैनी, सुर्तीजन्य बस्तु, पराग र गुटखा निषेध छ । खाँदा सावधानी अपनाउनुपर्ने छ ।

६) सबै प्रकारका मादक प्रदार्थ, रक्सी, अल्कोहल निषेधि भएको हुनाले खुल्लारुपमा खान पाइने छैन ।

७) रक्सी वा मादक प्रदार्थ सेवन गरी होस गुमाई, सानो कुरामा आवेशमा आई साथीभाइहरुसँग झगडा गर्नुहुँदैन । सानो गल्तीले गर्दा ठूला कानुनी समस्यामा पर्न सकिन्छ ।

९) कुनै अपरिचित ब्यक्तिको भनाइमा लागि आपराधिक घटना हुन गयो वा खराब काम गर्ने मनसाय राखी कसैलाई साथ सहयोग गरेमा पनि परिबन्धमा पर्न गई भवितव्य हुन गएमा पनि कानुनी फन्दामा परिन्छ ।

१०) काम गर्दा जहिले पनि ‘सेफ्टी फस्ट’ भन्ने अवधारणालाई अपनाउनु पर्छ । अत्यधिक गर्मीको समयमा घाममा बढी काम गर्नु हुँदैन । बढी गर्मीमा काम गरी एकैचोटी बढी चिसो एसीमा बस्नुहुँदैन । हृदयघातको खतरा हुन जान्छ ।

११) बाटो क्रस गर्दा ट्राफिक नियमको पालना गरी जेब्रा क्रसिङ वा ओभरव्रिज तथा सबवेबाट मात्र आवत-जावत गर्नु पर्नेछ । गलत तरिकाले बाटो पार गरेमा दुर्घटनाबाट बचे पनि जरिवानामा समेत पर्न सकिन्छ ।

१२) सार्वजनिक चोक वा कुनै पार्कमा प्रेमीप्रेमिकाको रूपमा कुनै अश्लील क्रियाकलाप गर्न पाइने छैन ।

१३) सार्वजनिक यातायात, बस, मेट्रो आदिमा यात्रा गर्दा कुनै पनि चिज खान पाइने छैन ।

१४) भाषागत अभावमा पनि समस्या आउन सक्छ । यहाँको अरबी भाषा जाने धेरै राम्रो नभए पनि कम्तीमा अंग्रेजी वा हिन्दी भाषाको सामान्य जानकारी राख्नु आवश्यक छ ।

१५) सामाजिक सञ्जाल चलाउँदा सावधानी अपनाउनु पर्नेछ । सामाजिक सञ्जालको दुरुपयोग गर्नुहुँदैन । अपरिचितसँग फेसबुकमा कुरा गर्नुहँुदैन । यहाँको नियम, धर्म, परम्पराबिरुद्धको कुनै पनि पोस्टमा लाइन, कमेन्ट वा सेयर गर्नु अपराध मानिन्छ । यस्ता कुरामा सचेत रहन सबैले अत्यावश्यक छ ।