११ साउन, एजेन्सी।  युएईको अवुधावीमा भएको सडक  दुर्घटनामा ७ जनाले ज्यान गुमाएका छन। अवुधावीको इमिरेट्स रोडमा भएको दुर्घटनामा १३ जना भन्दा बढि घाइते भएका छन्।uae bus truck collison

अल मकतुम अन्तराष्ट्रियम विमानस्थल नजिक मंगलवार विहान ८ बजे २० यात्रु बोकेको मिनिबस ठुलो ट्रकसंग ठोक्किन पुगेको थियो। मर्ने हरुमा सुचिमा मिनिबस ड्राइभर समेत परेका छन् ।

बससंग ठोक्किएको ट्रकले ७० टन भन्दा बढि ढुंगा बोकेको बताइएको छ।  दुर्घटनामा घाइतेहरुलाई रशिद अस्पतालमा पुर्याइएको छ। प्रहरीका अनुकसार केही घाइतेहरुको अवस्थामा गम्भिर छ।

युएईमा लाखौ नेपाली कार्यरत छन।